आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • नेपाली सेफ सन्तोष शाहले बढाए नेपालीको शान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार २०:४४

    आर.बी बुढाथोकी,

    सुसेफ,सोल्टी क्राउन प्लाजा होटेल

    नेपाली सन्तोष शाह मास्टर सेफ बिबिसीको प्रोफेसनलको सेमिफाइनलमा पुगेका छन। नेपाली खानालाइ बिस्व बजारमा चिनाउने सोचका साथ लागेका शाहले लन्डन मै बसेर बिगत पाच बर्स देखि नेपाली परम्परागत खानाको सोध तथा अनुसन्धान शुरु गरेका थिर।अहिले जुन कम्पिटिसनमा भिडिरहेका छन ति खाना भने मोर्डन ओयमा प्रस्तुत छ जसले गर्दा निर्नायकहरुको मन छोयो।

    उनले सिस्नो,कर्कलोको पात,भाङगको अचार,टिमुर,सिस्नो,आलुको तरकारी,भेडाको मासु,पोलेको माछा,खसीको मासु,थेबेको साग,तामाको अचार,गहुको रोटी, ढुम्रीभित्र आलुको अचार राखेर नेपाली परिकारतराइको बुनिया,जेरी लगायतका खाना पस्केका थिए । जुन अत्यन्त नौलो र भिन्न देखियो कलात्मक पनि देखियो। दर्जनौ बिदेशी सेफहरुलाइ पछाडी पारेर जसरी उनले सेमिफाइनल प्रबेश गरे तब सर्बत्र बिस्व भर उनको नाम चर्चा शुरु भयो ।उनले यो प्रतियोगितामा जुन आट र सहास लिएर नेपाली खानाको प्रचार प्रसार र प्रबर्दन गरे अहिले बिस्व भरका नेपालीले उनको सरहना गरेका छन र भनेका छन उनले उनले यो स्थान हासिल गर्नु भनेको उनले यो प्रतियोगिता जीते बराबर भएको छ।यो प्रतियोगितामा शाहले आफ्नो पाक-कलाको सर्वश्रेष्ठ नजिता दिन सफल भएका छन ।

    शाहले यो प्रतियोगितामा जानको लागि बिगत पाच साल देखि अभ्यासरत थिए। मैले बिगत दुइ दशक देखि भारतिय खाना र अन्य देशको खानाको सोध र अनुसन्धानमा बिताए अब मैले आफ्नो देशका लागि पनि केहि गर्नु पर्छ भन्ने लगेर शुरु गरेको हु म निरन्तर मेरो देशको खानाको सोध अनुसन्धानमा लगेर हाम्रो खानालाइ चिनाउने प्रयास गर्छु उनले लन्डनबाट फोनमा भने ।खाना भन्ने कुरा आफ्नो देशको कला सस्क्रितिसङग प्रतक्श्य सम्बन्ध राख्ने हुदा हामीले हाम्रो देशको स्वाद बिस्वलाइ चखाउनु पनि अति आबश्यक छ । नेपाल कला सस्क्रितिमा जति धनीछ त्यति कै खानामा पनि धनी देश हो मात्र हाम्रो खाना बिस्व सामु चिनाउन सकिएको थिएन। सन्तोस शाहको यो कदमले धेरै हद सम्म नेपाली खाना बिस्व बजारमा चिनिने आशा राखिएको छ।उनले बनाएको करेलाको चटनीलाइ एक चिजमा पाच थरिको स्वाद भएको चटनी भनेर स्टार चटनीको नाम दि इएको छ।नेपाली मूलका ब्रिटेनमा बसोबास गर्ने सेफ सन्तोष बबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणमा सेमी-फाइनलमा पुग्ने सम्भब त पहिले नेपाली हुन ।

    को हुन सन्तोष शाह ?

    नेपालको सिराह जिल्लामा जन्मिएका सन्तोष शाह आफ्नो आर्थिक आबस्थाको कारण गाउ मै पाउरोटी,पलास्टिकको झोला बेचेर गुजारा गर्थे । एस एल सिमा फेल भएका शाह १४ बर्षको कलिलो उमेरमा कामको शिलसिलामा भारत छिरेका थिए । तर आफ्नो सहस र मिहिनेतका कारण ‘किचन पोर्टर’बाट रोजगारी थालेका साहले दश वर्षभन्दा कम अवधिमा ‘इन्सटिच्यूट अफ क्याटरिंग एण्ड होटल म्यानेजमेन्टबाट ‘डिप्लोमा इन होटल एण्ड क्याटरिङ म्यानेजमेन्ट’ कोर्समात्र गरेनन्, भारतीय कम्पनीमा करिब अस्सी कामदारको हेड सेफ समेत बनेर काम गरेका थिए । सन २०१०मा उनलाई वर्क परमिट सहित बेलायत जाने अबसर मिल्यो र उनले त्याहा भारतीय रेस्तुरेन्ट तथा होटलमा थप दश बर्ष काम गर्ने अबसर मिल्यो । पछील्लो समयमा आएर नेपाली खानाको खोज तथा अनुसन्धान गर्नु पर्छ भनेर लागेका शाहले पहिलो पटक मै बिस्वलाई चकित तुल्याए । नेपाली परमपरागत खानालाई मोर्डन तरिकाबाट पस्कन सिपालु भएका कारण उनले यो सफलता पाउन कुनै गार्हो भएन । यो प्रतियोगितामा पनि उनले बनाएको करेलाको नेपाली चटनीलाई एउटै चिजमा पाच स्वाद पाइएको भनी स्टार सेफ मोनिकाली स्टार चटनी भनी नाम दिइएकी छिन ।


    नेपालका बिबिध परिकारहरु बनाएर बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरु टम पार्कर र ग्रेस डेन्टलाई चखाए पछी बिस्व चकित भएको थियो । अब बिस्वले नेपाली पाक कला र खानाका बिषयमा हेर्ने नजर पनि फेरिएको छ ।तपाईंले युकेको किचनमा नेपाल ल्याउनु भयो भनी निर्णयकहरु दङग परेका थिए । उनी यहाँ सम्म आइपुग्दा पनि आफुलाई सफल भएको मान्छन र आफ्नो सपना भनेको नेपाली खाना बिस्व सामु चिनाउनु थियो चिनाउन सकेकोमा प्रसम्सा बटुलेको बताए । शाहले आफ्नो मेहनत, लगन, सधैँ अरुलाई सम्मान गर्ने र कहिल्यै ठूलो नहुने गुणले नै यति कलिलो उमेरमा सफल सेफ बनेर देशको नाम उंचो राख्न सफल भएका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु