दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सञ्चारकर्मी सन्तोषी अधिकारी कोरोना डिफेन्स अवार्ड–२०२० बाट सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर १२ गते, शुक्रबार १४:२८

काठमाडौं। विगत लामो समयदेखि पत्रकारीता क्षेत्रमा उल्लेखनीय योगदान दिदै हाल एबिसी टेलिभिजनमा कार्यरत पत्रकार सन्तोषी अधिकारीलाई फोकस नेपालले आठौं वार्षिकोत्सवका अवसरमा कोरोना डिफेन्स अवार्ड – २०२० बाट सम्मान गरेको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका बाबजुत समाजमा चेतना फैलाउन दिनरात खटेर समाजमा सजकता र सर्तकता अपाउन जनचेतनामुलक कार्यक्रम एवं समाचार प्रशारण गरेर महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको आयोजक संस्था फोकस नेपालले जनाएको छ ।

डेढ दशकभन्दा बढि समयदेखि पत्रकारीतामा आवद्ध सञ्चारकर्मी अधिकारी हाल एबीसी टेलिभिजनमा सह–सम्पादक, समाचार वाचिका, कार्यक्रम निर्माता र प्रस्तोताका रुपमा कार्यरत छिन् । “कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकार र नागरिक समाजको भूमिका” विषयक विचार गोष्ठी तथा कोरोना डिफेन्स अवार्ड कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सम्मान गरेका हुन् ।

यसैगरि, कार्यक्रममा हिमालय टेलिभिजनका सम्पादक रामचन्द्र अर्याल, एपी वान टेलिभिजनका प्रमुख सम्वाददाता विष्णु क्षेत्री नेपाल टेलिभिजनका ललितपुर सम्बाददाता ईश्वर महर्जन, सगरमाथा टेलिभिजनका समाचार सम्पादक रमेश वाग्लेलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा शहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले कोरोना कहरकाबीच सबैले हातेमाले गरेर अगाडी बढ्न सके कोरोनालाई नेपालले अवश्य जित्न सक्ने बताए । उनले महामारीका समयमा आफ्नो जिउ–ज्यानको बाजी लगाएर सञ्चार, उद्योग, समाजिक, आर्थिक क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको सम्मान सरकारले गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा आयोजक फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपालले हरेक वर्ष देश र समाजलाई योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै संस्थाले सम्मान गर्ने बताए । कार्यक्रममा विभिन्न विधामा कार्यरत सञ्चारकर्मी,समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु