• गायक तथा संगीतकार विपिन घिमिरेको नयाँ गजल गीत ‘खास लाग्न थाल्यौं’को भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार २१:४२

    काठमाडौ ।गायक तथा संगीतकार विपिन घिमिरेको नयाँ गजल गीत ‘खास लाग्न थाल्यौं’को भिडियो सार्वजनिक भएको छ ।

    रोमान्टिक शैलीको गजलमा शब्द नारायणप्रसाद सापकोटाले कोरेका हुन् । जसको संगीत संयोजन किरण कँडेलले गरेका छन् ।
    गीतको भिडियोमा भने अभिनेता विशाल पोखरेल र सरिता भारतीको रोमान्स रहेको छ ।
    एक युवा र युवतीको प्रेम प्रसंग भिडियोले पनि प्रस्तुत गरेको छ ।
    रामशरण उप्रेतीको छायाँकन, बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन रहेको भिडियो डब्बु क्षत्रीले निर्देशन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु