• बितेको २४ घण्टामा देशभर १७०३ मा कोरोना पुष्टि, २३ जनाको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार २२:०८

    काठमाडौं । बितेको २४ घण्टामा देशभर थप १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ४६० जनाको पीसीआर परीक्षण गरिएकोमा उनीहरुमा संक्रमण देखिएको हो ।
    यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार २३६ कोरोना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको संख्या २ लाख १० हजार ६७१ पुगेको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४३५ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु