पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज काठमाडौंका विभिन्न तीन स्थानमा हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर १३ गते, शनिबार ०७:३८

काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन शनिबार (आज) काठमाडौंका विभिन्न तीन स्थानमा हुँदै छ । कोरोना महामारीका बीच जुममार्फत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट उद्घाटन गरेका थिए ।

महासंघको ५४औं वार्षिक साधारण सभामा शुक्रबार बन्दसत्र सम्पन्न भएसँगै आगामी वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको हो । जसअनुसार ६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ । महासंघको निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लीलामणि पौडेलले अध्यक्षबाहेक महासंघको अन्य नयाँ कार्यसमिति चयनका लागि सम्पूर्ण तयारी पूरा भएको बताए ।

शनिबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि काठमाडौंका तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । जिल्ला-नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान हुनेछ ।

यसैगरी, कोरोना संक्रमित मतदाता व्यवसायीहरूका लागि पनि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा छुट्टै मतदानको व्यवस्था मिलाइएको महासंघ निर्वाचन समितिले जनाएको छ ।

६३ पदका लागि १२७ को उम्मेदवारी

निर्वाचन समितिका अनुसार मतदान कार्य बिहान ८ बजेदेखि सुरु भई दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ । कुनै विवाद र समस्या नआए शनिबार राति नै मतपरिणाम आउने सो समितिले जनाएको छ । वर्तमान विधानअनुसार शनिबारदेखि नै अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्षसहित अन्य बाँकी पदहरूमा मात्र निर्वाचन हुन लागेको हो ।

शानिबार हुने निर्वाचनमा महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान समूहबीच तीव्र प्रतिस्पर्धा हुँदै छ । दुई जना कार्यसमिति सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् । महासंघको वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्ला र नगर तथा एसोसिएटतर्फ एक-एक उपाध्यक्ष, सात प्रदेश, एक संस्थागत समूहसहित ६३ पदका लागि १२७ जना व्यवसायीको उम्मेदवारी परेको महासंघले जनाएको छ ।

विधानअनुसार अध्यक्षमा शेखर गोल्छा स्वतः चयन हुने भएपछि अहिले यस निर्वाचनको चुनावी मैदानमा वरिष्ठ उपाध्यक्ष पदमा ढकाल र प्रधान, उद्योग वाणिज्य समूहतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, वस्तुगत समूहतर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ एवं एसोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन् ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार ढकाल समूहबाट महासंघको आगामी उपाध्यक्ष पदमा तिवारी, उमेशलाल श्रेष्ठ र संघाईले उम्मेदवारी दर्ता गराएका हुन् भने अर्का प्रतिस्पर्धी प्रधान समूहबाट उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र सौरभ ज्योतिले उम्मेदवारी दर्ता गराएका हुन् ।

जिल्ला-नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की बैंक्वेट थापाथली र वस्तुगततर्फका लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान हुनेछ

यसैगरी, महासंघको जिल्ला-नगरतर्फ १८ केन्द्रीय कार्यसमिति सदस्यका लागि ३८ जनाको उम्मेदवारी परेको छ । प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगततर्फको १४ कार्यसमिति सदस्यका लागि २९ जना र १९ जना एसोसिएटतर्फको सदस्य पदका लागि ३३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, एक जना संस्थागत समूहका लागि तीन जना व्यवसायीको उम्मेदवारी परेको महासंघ निर्वाचन समितिले जनाएको छ ।

महासंघको प्रदेशतर्फ बाग्मती र लुम्बिनी प्रदेशबाट तीन-तीन जनाको उम्मेदवारी परेको छ भने प्रदेश २, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट २-२ जनाले केन्द्रीय कार्यसमिति सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

कुल उम्मेदवारीमध्ये महिलाको संख्या जम्मा ५ जना मात्र रहेको छ । यो कुल उम्मेदवारीको जम्मा ६ प्रतिशत मात्र हो । यस निर्वाचनमा महिला व्यवसायीहरू कमला श्रेष्ठ, ज्योत्स्ना श्रेष्ठ, शारदा रिजाल, रेखा घिमिरे र रचना श्रेष्ठले मात्र उम्मेदवारी दर्ता गराएका छन् ।

विगतमा तामझामसहित आयोजना हुने गरेको महासंघको वार्षिक साधारण सभाको रौनक यसपटक भने फेरिएको थियो । साधारण सभाको उद्घाटनदेखि बन्दसत्रसम्म भर्चुअल माध्यमबाट भएका थिए । यसपालि महासंघका देशभरका सदस्यले जुमबाट बन्दसत्रमा भाग लिएका थिए । प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारको सानो सभाकक्षबाट महासंघको साधारण सभा उद्घाटन गरेका थिए ।

कोरोना महामारीका बीच सञ्चालित यस साधारण सभाको उद्घाटन र बन्दसत्र महासंघको इतिहासमै पहिलोपटक भर्चुअल माध्यमबाट भएको हो । कोरोना भाइरस संक्रमणबाट जोगिन भौतिक दूरी कायम गर्नुपर्ने बाध्यताले महासंघको निर्वाचनमा भीडभाड नगरिएको निर्वाचन समितिले जनाएको छ । विगतका उम्मेदवारले काठमाडौंका ठुला तारे होटल तथा रेस्टुरामा आफ्ना मतदाता सदस्यहरू भेला गरेर भोट मागिरहेको दृश्य देखिन्थ्यो । यसपटक भने त्यो दृश्य तुलनात्मक रूपमा निकै कम थियो ।

महासंघको बन्दसत्र पनि महासंघ सचिवालयबाटै सम्पन्न भएको हो । सो बन्दसत्रमा फेसबुक लाइभ र जुमबाट सहभागी हुने व्यवस्था थियो । सचिवालयमा पदाधिकारी, मुख्य प्रतिनिधि, प्रतिनिधि र उद्योगी व्यवसायी गरी करिब ४ जनाको सहभागिता थियो ।

बन्दसत्रमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार ढकाल र प्रधान, वस्तुगत उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ तथा एसोसिएटका उपाध्यक्ष उम्मेदवार ज्योतिले सचिवालयमै उपस्थित भएर सम्बोधन गरेका थिए । एसोसिएटका अर्का उम्मेदवार रामचन्द्र संघाई, जिल्ला-नगरका उम्मेदवार तिवारी र दिनेश श्रेष्ठले भने जुमबाट सम्बोधन गरेका थिए ।

यसपटक महासंघका उम्मेदवारले आफ्ना मतदातासँग भोट माग्न अनलाइन माध्यमलाई राम्रै उपयोग गरेका छन् । जसका कारण अहिले फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल व्यवसायीको चुनावमय भएका छन् । यसपालि उम्मेदवारले देशभरका आफ्ना मतदातासँग ह्वाट्सएप, जुम, भाइबर, फेसबुक म्यासेन्जर, इमेललगायतबाट भिडियो कल गर्दै आआफ्ना पक्षमा भोट मागिरहेका छन् ।

कोरोना महामारीबीच हुने यस निर्वाचनमा मतदान गर्दा एक पटकमा २५ जनाभन्दा बढी व्यक्ति जम्मा नहुने र सामाजिक दुरी कायम गराई सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्डसहित मतदान गराइने महासंघले जनाएको छ ।

महासंघले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार एसोसिएट समूहतर्फ कुल ९०४ मतदाताले मतदान गर्न पाउनेछन् । यसैगरी, वस्तुगत समूहतर्फ १०१ जनाले मतदान गर्नेछन् । त्यसैगरी, जिल्ला÷नगर संघतर्फ मतदाता सूचीमा १०५ जना प्रतिनिधि सहभागी हुनेछन् । मतदान गर्न पाउनेमा प्रदेश १ बाट २२, २ बाट १२, बाग्मतीबाट १६, गण्डकीबाट १३, लुम्बिनीबाट २२, कर्णालीबाट १० र सुदूरपश्चिमबाट १० वटा संघ छन् । यस्तै, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ ६ वटा रहेका छन् ।

राजधानी दैनिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु