तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेकपा को सचिवालय बैठक सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर १३ गते, शनिबार १९:३५

काठमाडौं, १३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । सचिवालयको अर्को बैठक मंसिर १६ गते दिउँसो १ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

बैठकपछि मिडियाकर्मीहरुलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘आजको सचिवालयको बैठकमा यसअघिको बैठकमा तय भएअनुसार नै अध्यक्ष कमरेड केपी शर्मा ओलीले आफ्नो विचार लिखित रुपमा प्रस्तुत गर्नुभएको छ । उहाँले प्रस्तुत गर्नुभएको विचार, प्रस्ताव वा दस्तावेजलाई पनि अध्ययन गर्न सचिवालयका सदस्य कमरेडहरुलाई सयम दिईएको छ । अध्यक्ष कमरेड ओलीको प्रस्ताव समेतको अध्ययन गरेर त्यस विचमा आवश्यक छलफल र गृहकार्य पनि गरेर फेरि सचिवालयको बैठक १६ गते १ बजे पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्नेगरि तय भएको छ ।आजको बैठकमा बोल्ने सबैले पार्टीको अहिलेको समस्या र संकटको समाधान गर्न सही दिशा दिन आवश्यकत्ता औंल्याएको पनि उनले जनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु