नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर १४ गते, आईतवार ०८:४९

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला नगरतर्फको मतगणनामा किशोर प्रधान समूहका दिनेश श्रेष्ठ विजयी भएका छन् ।

दिनेशले ५८ मत पाउँदा उनका प्रतिस्पर्धी चन्द्र ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत पाएका छन् । यसअघि वस्तुगत समूहका किशोर समूहकै अन्जन श्रेष्ठले भारी मतअन्तरले उपाध्यक्ष जित्न सफल भएका थिए । वस्तुगत र जिल्ला नगरको नजिता हेर्दा एशोसियट र वरिष्ठ उपाध्यक्ष पदमा पनि किशोर समूहले नै हात पार्नसक्ने संकेत देखिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु