• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    काठमाडौं जेसीजको निर्वाचन सम्पन, अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार १२:११

    काठमाडौं, आइतबार, १४ मङ्सिर २०७७ । काठमाडौं जेसीजको निर्वाचन सम्पन्न भएको छ । शनिवार सम्पन निर्वाचबाट बर्ष २०२१ का लागि जेसी कैलाश श्रेष्ठ निर्वाचित भएका छन् । कुलेश्वर स्थित स्टार फुड ल्याण्डमा भएको शाखाको ३८ औं अधिवेशन तथा ५० औं साधारणसभाले सर्वसम्मत रुपमा अध्यक्ष श्रेष्ठसहित पदाधिकारीहरु चयन गरेको हो ।अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा जेसी रामराजा ओझा, जेसी श्यामकुमार घिमिरे, जेसी रामेश्वर सिंखडा, महासचिवमा जेसी निरोज खतिवडा , कोषाध्यक्षमा जेसी रफी भण्डारी, सह कोषाध्यक्षमा जेसी ध्रुव तिवारी र सहसचिवमा जेसी हरिहर खड्कालाई चयन गरेको छ ।

    सदस्यहरुमा जेसी बिनोद तिमिल्सिना, जेसी समिप खनाल, जेसी पुरुषोत्तम पौडेल, जेसी गोविन्द ओझा, जेसी प्रचण्ड भूर्तेल र जेसी नकुल अर्याल निर्वाचित एवं मनोनीत भएका छन् । निर्वाचनमा सिनेटर दिपक भण्डारीले निर्वाचन अधिकृतको रुपमा काम गरेका थिए । काठमाडौं जेसीज नेपाल जेसीजकै पुरानो शाखा हो । यस मानेमा यसको साँख प्रतिष्ठित शाखाको रुपमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु