२०७७ मंसि १५ ।
शान्ति नमुना मावि रुपन्देहीमा शिक्षाको नौलो आयाम थपिएको छ ।
श्रबण दृष्टिबिहिन बाल बालिकाको स्रोत कक्षा संचालन हुने सुनिस्चित भैइ
राष्ट्रिय बहिरा महासंघ नेपाल र नेपाल नेत्रहीन संघको सहयोगमा यो
श्रोतकक्षा चल्दै छ ।
आज तिलोतमा नगरपालिका ०७ निवासी प्रसान्त न्यौपाने र सियारी गाउपालिका १
निवासी फुसाङ पुन दुई जना श्रवण दृष्टिबिहिन बालबालिका भर्ना भएका छन् ।
यो भर्ना अभियानमा रास्टिय बहिरा महासंघका अध्यक्ष केपि अधिकारी र नेपाल
नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेल तथा बिधालय को तर्फ बाट प्र अ कुल
प्रसाद लामिछाने, काठमाडौ परियोजना सम्योजक शंकर सिहं चौसिर, NAB
रुपन्देही प्रोजेक्टका सम्योजक प्रेम आचार्य ,प्रशिक्षक टिकाराम पौडेल
,लक्ष्मी जिसि ,दृस्टिबिहिन श्रोत शिक्षक टिकाराम भुसाल, धर्मगत शर्मा को
उपस्तिथिमा भर्ना कार्य भएको थियो।
अपाङ्गता भएको ब्यक्तिको निम्ति भर्ना कार्य निरन्तर रहने बिधालयको प्र अ
कुल प्रसाद लामिछानेले जानकारी दिनु भयो ।
उहाले यश बिधालयमा २०४५ साल देखि दृस्टिबिहिन श्रोत कक्षा सन्चालन भएको र
श्रवण दृस्टिबिहिन भएको बालबालिका हरुको निम्ति पनि श्रोत कक्षा सन्चालन
गर्ने अवसर पाएकोमा खुसी ब्यक्त गर्नु भएको थियो ।
साथै यो अवसर मा श्रवण दृष्टिबिहिन बालबालिकाको लागि पहिलो औपचारिक
शिक्षाको अवसर भएकोले धैर्यतापूर्वक सबैको साथ र सहयोग हुनपर्ने बहिरा
महासंघ का अधक्ष्य केपी अधिकारीले बताउनु भयो ।
त्यस्तै नेपाल नेत्रहीन संघका अध्यक्ष रमेश पोखरेलले संस्थाको तर्फबाट
हुन सक्ने सबै सहयोग उपलब्ध गराई श्रवण दृष्टिबिहिन बालबालिकाको शिक्षामा
पहुँच बढाउने प्रतिबद्धता जनाउनु भयो।
सेन्स इन्टरनेशनल यूके को सहयोगमा परियोजना सञ्चालन भएको हो ।
परियोजनाले सुरुवातीमा केही प्राविधिक सहयोगको अलावा आय र शिक्षक समेत
उपलब्ध गराउने छ ।