• ओली र दाहालको प्रतिवेदनमाथिको छलफलले नै पार्टीलाई बलियो बनाउँछ– युवा नेता पौडेल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार १८:४३

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता प्रमोद पौडेलले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा प्रस्तुत गरेको प्रतिवेदन फिर्ता लिनुपर्छ भन्नु हेपाहा प्रवृत्ति भएको बताएका छन् ।
    नेकपाको सचिवालय बैठक भोलि बस्दैछ । बैठक बस्ने पूर्व सन्ध्यामा आज उनले फेसबुकमा ६ बुँदे स्टाटस लेख्दै दुवै अध्यक्षको प्रतिवेदनमाथि गम्भीर रुपले छलफल गरिनुपर्नेमा जोड दिए । उनले पार्टी एकतालाई बलियो बनाउने आधार प्रतिवेदन नै हुन सक्ने पनि दावी गरेका छन् । उनले एकताको भावनाको रक्षा गर्न सबैले जिम्मेवार भएर निर्णय गर्नुपर्ने बेला आएको बताएका छन् । उनले पार्टी एकता चानचुने विषय नभएको, बेमौसमी नभएको र पदीय भागवण्डालाई मात्र आधार मानेर गरिएको नभएको हुनाले एकताको भावनाबाट विचलित नहुन सबैलाई अनुरोध पनि गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु