• अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमको तालिका

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार ०८:३८

    काठमाडौं ।अपाङ्गता भएका व्यक्तिहरुको २९ औं अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमको तालिका
    अन्तर्राष्ट्रिय नाराः Building Back Better: toward a disability-inclusive, accessible and sustainable post COVID-19
    राष्ट्रिय मुल नाराः “कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिबद्धता”

    महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयुक्त आयोजनामा संचालन गरिने विभिन्न सप्ताहव्यापी कार्यक्रमको तालिका यस प्रकार रहेको छः

    कार्यक्रम कार्यतालिका २०२० डिसेम्बर १ देखि ९ तारिख सम्म

    मिति समय कार्यक्रम स्थान कैफियत
    (December 1) बिहान १० बजे दिवस सम्बन्धमा प्रदेश स्तरिय तयारी भर्चुअल
    (December 1 -7) बिहान ७ बजे दिवसको अवसरमा अनलाईन र राष्ट्रिय रेडियो मार्फत सार्वजनिक सन्देश प्रवाह अनलाइन
    राष्ट्रिय रेडियो
    (December २) अपरान्ह २ बजे पत्रकार सम्मेलन भर्चुअल
    (December३) बिहान दिवस सम्बन्धी मुख्य औपचारिक कार्यक्रम सम्मानीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्री ज्यू तथा महासंघ अध्यक्ष ज्यूबाट रेडियो मार्फत शुभकामना सन्देश मिडिया
    (December३) स्थानिय जनप्रतिनिधि तथा माननीय सासंद ज्यूहरुलाई दिवसको अवसरमा मोबाइल सन्देश
    (December ३ ) ११ बजेबाट शुभकामना आदानप्रदान कार्यक्रम
    – अध्यक्षता महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिव श्री यमकुमारी खतिवडा

    – प्रमुख अतिथि- माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ

    – विशेष अतिथि- राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघीय अध्यक्ष श्री मित्रलाल शर्मा)

    – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तुतिकरण

    भर्चुअल
    (December ४) विहान १० बजेदेखि १२ बजेसम्म अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी र अपाङ्गता अधिकारऐन २०७४ को प्रभावकारी कार्यान्वयनमा सरकार, विकास साझेदार र सरोकारवालाबीच समन्वय र सहकार्यको आवश्यकता र संभावना – अन्तरकृया । भर्चुअल

    (December ४)

    दिउँसो २ बजेदेखि ४ बजेसम्म अपाङ्गता समावेशी प्रतिकार्यमा प्राप्त सिकाइ र भावी रणनीति भर्चुअल

    (December ५)

    नेपालमा अपाङ्गता भएका बालबालिकाका लागि समावेशी शिक्षाको वर्तमान अवस्था, बैकल्पिक शिक्षामा अवरोध र चुनौति, समाधानका उपायहरू । रेडियो मार्फत अन्तरकृयात्मक छलफल रेडियो बहस
    (December ५) १० बजे – १२ बजेसम्म पहुँचयुक्तता भौतिक संचरचना तथा संचार सेवा पुनरावलोकन अवस्था भर्चुअल
    (December ५) २ बजे – ३:३० बजेसम्म कोभिड १९ ले अपाङ्गता भएका व्यक्तिको रोजगार र स्वरोजगारमा पारेको असर, अबको कार्य दिशा बारे छलफल भर्चुअल
    (December ६) १० बजे – १२ बजेसम्म अपाङ्गता भएका महिलामाथि निरन्तर भैरहेका विभिन्न प्रकारका हिंसाको पृष्ठभूमीमा अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँचको अवस्था – बौद्धिक बहस भर्चुअल
    (December ६) २ बजे – देखि ४ संचार र अपाङ्गता सवाल विषयक छलफल भर्चुअल
    (December ७ ) १० बजे – १२ बजेसम्म दिगो विकास लक्ष्यको राष्ट्रिय योजनामा अपाङ्गता सवालको समावेशीकरण र कार्यान्वयनको अवस्था – समिक्षा गोष्ठी भर्चुअल
    (December ७ ) २ बजे – देखि ४ अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी नीतिगत व्यवस्था र यसको कार्यान्वयनमा संघीय, प्रदेश र स्थानीय सरकारको भूमिका– अन्तरकृयात्मक छलफल भर्चुअल
    (December ८ ) १० बजे – १२ बजेसम्म नेपालमा अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको अवस्था– महासंघले संकलन गरेका तथ्य र प्रमाणको सूचना आदानप्रदान छलफल कार्यक्रम । भर्चुअल
    (December ८) २ बजे –४ बजेसम्म राष्ट्रिय बहिरा महासंघ नेपालले बहिरा नागरिकहरुको सवालमा गरेको अध्ययन प्रतिवेदनमा अन्तकृया कार्यक्रम भर्चुअल
    (December ९ ) १० बजे – १२ बजेसम्म राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरुको समावेशी गणना (अन्तरकृयात्मक छलफल) भर्चुअल
    (December ९ ) २ बजे – देखि ४ अपाङ्गता भएका व्यक्तिहरुको महासन्धीको कार्यान्वयन अवस्था विषयक माननीय सासंदहरुसँगको अन्तरकृया भर्चुअल

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु