• पछिल्लो २४ धन्टामा देशभर १ हजार ३ सय ४ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार २०:००

    काठमाडौं । नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

    देशभरका विभिन्न प्रयोगशालाहरुमा आरटी पीसीआर विधिबाट गरिएको परीक्षणबाट १ हजार ३ सय ४ नमूनाको नतिजा पोजेटिभ देखिएको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ८ हजार ५ सय ८३ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

    थप १ हजार ३ सय ४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार ७३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ भने १६ हजार ३ सय ३३ जना अझै सक्रिय संक्रमित छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु