“अचम्मको देश” –
बुद्धिहिनको बौद्धिकतामा प्रश्न,
नितिहिनको नैतिकतामा प्रश्न।
क्षिण कटाक्ष, मौन बिश्लेषक,
प्रश्नै प्रश्न……..
अचम्मको देश।
नेताको मन्तव्यमा प्रश्न ,
कार्यकर्ताको गन्तव्यमा प्रश्न।
जिर्ण समर्थन उग्र बिरोध,
प्रश्नै प्रश्न………
अचम्मको देश।
मिडियाको समाचारमा प्रश्न ,
भिडियोको असलियतामा प्रश्न।
खिन्न मत भिन्न अभिमत,
प्रश्नै प्रश्न…….
अचम्मको देश।
नेताको सम्पतिमा प्रश्न ,
कार्यकर्ताको स्वामित्वमा प्रश्न।
दलाल उफ्रिने, रास्ट्रवादी थचारिने,
प्रश्नै प्रश्न…….
अचम्मको देश।
रोगको उपचारमा प्रश्न,
जनताको उद्वारमा प्रश्न।
समर्थनमा ताली हान्ने, बिरोधमा राँको बाल्ने,
प्रश्नै प्रश्न………
अचम्मको देश।
काट्टो खाने सत्तापक्ष,
भाँडो चाट्ने प्रतिपक्ष,
अफैमा कुटाकुट दुई अध्यक्ष
प्रश्नै प्रश्न …….
अचम्मको देश।
अचम्मको परिवेश।
राम चन्द्र तिम्सिना
(आवाज)