• पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टिआज मिति २०७८ साल माघ ११ गते मंगलवारको राशिफलचलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफल

    वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी आपत्तिजनक-पाण्डे

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार १०:३२

    काठमाडौ — नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष एवम् नेपाली काँग्रेस केन्द्रिय आमन्त्रित सदस्य बालकृष्णले एक विज्ञप्ति प्रकाशित गरी नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद रामचन्द्र पोख्रेल लगाएतका नेताहरु घाइतेहुने गरि भएको दमन र हस्तक्षेप निन्दनीय
    भनेका छन।

    नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलज्यूमाथि आज उहाँको गृहजिल्ला तनहुँमा भएको प्रहरी दमन र हस्तक्षेपको हामी कडा निन्दा र भर्त्सना गर्दछौं। यो दमन र गिरफ्तारी वर्तमान कम्युनिष्ट अधिनायकवादी सरकारको विद्रुप रुप हो भन्ने हाम्रो बुझाई छ।

    कम्युनिष्ट अधिनायकवाद यस्तै दमन र हर्कतको आवरणमा लोकतन्त्रको खिलाप सार्वजनिक हुने गर्दछ। आजको यस घटना सर्वसत्ताबादतर्फ उन्मूख वर्तमान कम्युनिष्ट सरकारले मुलुकको जिम्मेवार पार्टीका वरिष्ठ नेतामार्फत सिंगो पार्टी र लोकतान्त्रिक आचरणमाथि प्रहार गरेको ठहर गरेका छौं।
    लोकतन्त्रमा शान्तिपूर्वक भेला हुने,आफ्ना कुराहरु स्वतन्त्रतापूर्वक राख्न पाउने र विकास निर्माणका कामलाई विना कुनै अवरोध संचालन गर्न पाउने आधारभूत हक,अधिकारको सुरक्षा गरिएको हुन्छ। तर आफ्नै सरकारको पालामा निर्माण सम्पन्न भएको पूल उद्घाटन जाने क्रममा नेपाली कांग्रेसका नेतामाथि ओली सरकारको ठाडो निर्देशनमा भएको यस किसिमको प्रहरी हर्कत,धरपकड र गिरफ्तारीले सरकारको अधिनायकवादी अनुहार र चरित्र समेत उदांगो भएको छ।
    हामी पार्टीका वरिष्ठ नेतासहित अन्य नेतागण र साथीहरुमाथि आज भएको बर्बर प्रहरी दमन र हस्तक्षेपको विरुद्ध नेपाली कांग्रेस पार्टीले गर्ने सबैखाले प्रतिरोधप्रति ऐक्यवद्धता जाहेर गर्दै वर्तमान कम्युनिष्ट अधिनायकवादी सरकारको दिनगन्ती आजको घटनाबाट सुरु भएको चेतावनी समेत दिन चाहन्छौं।

    पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु