आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • आयुर्वेदिक औषधीले कोरोना ठिक गर्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैनः जडिबुटी अनुसन्धान केन्द्रका अध्यक्ष रोकाया

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार १८:२५

    काठमाडौं, १८ मङ्सिर । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु पर्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले आयुर्वेद औषधीमा विशेष ध्यान दिन सके कोरोना भाइरसको महामारीविरुद्ध जीत हासिल गर्न सकिने बताए । आयुर्वेदिक औषधीले कोरोना भाइरसलाई ठिक गर्ने उनको दाबी थियो ।

    ‘सरकारले कोरोनाविरुद्धको खोपमा अरबौं रकम खर्च गर्दैछ,’ जटिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष रोकायाले भने, ‘जटिबुटीमा अनुसन्धान गरी औषधी विकास गरेर कोरानाविरुद्ध जीत हासिल गर्न सकिन्छ । । उनले जटिबुटीबाट धेरै रोग ठिक हुने भन्दै देशको ढुकुटीबाट अरबौं विदेशिनबाट जोगिने बताए । उनले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै खतरामुक्त राख्ने र ढिलोमा ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी गर्दै सरकारले आफ्नो औषधि माथि अनुसन्धान गर्नुपर्ने बताए ।

    अहिले विश्व कोभिड–१९ बाट आक्रान्त बनेको र यसबाट नेपाल पनि अछुतो नरहेको उल्लेख गर्दै रोकायाले भने,‘हामीले तयार पारेको कोरोना नाशक चुर्ण’ आयुर्वेदिक औषधीले कोरोना संक्रमितहरुलाई निको पारेको छ । अहिलेसम्म सैयौको संख्यामा यो औषधीले कोरोना संक्रमितलाई राम्रो गरेको छ । संक्रमितले यो औषधी सेवन गरेपछि उनीहरुको रिपोर्ट ८ दिनमा नेगेटिभ आएको हामीसँग प्रमाण छ ।’

    उनकाअनुसार कोरोना नाशक चुर्ण औषधीमा ‘चिराईतो, बोझो, लत्ताकस्तुरी, वनजौ, वन तोरीलगायतको समिश्रण छ । ‘यो औषधी धेरै गुणकारी छ, यसको सेवन गर्दा सबैलाई राम्रो हुन्छ।’–उनले भने । ‘रोग जस्तोसुकै होस, उपचार सम्भव छ’ भन्ने उनको नारा छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु