बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

देशभर पछिल्लो २४ घण्टामा १ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर १८ गते, बिहीबार १९:२५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५५१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार १११ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ । अहिलेसम्म नेपालमा १७ लाख ६३ हजार ९१९ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५७६ रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु