तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अझै केहीदिन सिनेमा हल नखोल्न अनुरोध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर १८ गते, बिहीबार १९:५९

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै केहीदिन सिनेमा हल नखोल्न अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त निणर्यलाई १५ दिन कडाइका साथ लागु गर्न आग्रह गरेका छन् ।

हासम्म जारी गरिएका स्वास्थ्य मापदण्डका विषयमा पुनरावेदन गर्ने र संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सिनेमा हल, रात्रिकालिन व्यवसायीहरु, धेरै मानिसहरु भेला हुने र जनस्वास्थ्यका मापदण्डहरु उलंघन हुनेखालका संघसंस्था तथा व्यवसायीहरु नखोल्न डा. गौतमले अनुरोध गरेका छन् ।

यसका साथै उनले सभा, सम्मेलन, भेला धर्ना घेराउलगायतका क्रियाकलाप पनि नर्गन भनेका छन् ।

मंसिर महिनापछि सिनेमा हल, विद्यालय खोल्दा थोरै संख्यामा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्बन गरेर मात्र खोल्न र यसका लागि स्वास्थ्य सेवा विभागसँगको समन्वयमा सीसीएमसीलाई पत्र लेखि पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको समेत मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु