एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

ओली र प्रचण्डबीच सहमतिले साझा प्रतिवेदन बन्छ, एक व्यक्ति एक पदको टुंगो स्थायी कमिटिले लगाउँछ- नेकपा नेता तामाङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर २० गते, शनिबार १६:५५

काठमाडौं, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शेरबहादुर तामाङले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबाट एउटै राजनीतिक प्रस्ताव ल्याउने सहमति बनेको खुलासा गरेका छन् । उनले पार्टीमा उठेका कतिपय विषयहरुको टुंगो स्थायी कमिटी बैठक बसी कार्यदल बनाएर लगाउने सहमति समेत बनेको बताए ।

‘नेकपा कुनै हालतमा फुट्दैन,’ पूर्वमन्त्री समेत रहेका नेकपा नेता तामाङले रिपोर्टर्स क्लब नेपालमा भने, ‘दुवै अध्यक्षको प्रतिवेदनका राम्रा विषय समावेश गर एउटै प्रतिवेदन बनाउन स्थायी कमिटीमार्फत् कार्यदल बनाएर अगाडि बढ्ने सहमति बनेको छ ।’ एक व्यक्ति एक पदको विषय पनि स्थायी कमिटी बैठकले टुंगो लगाउने तामाङले बताए ।

अध्यक्षद्वय ओली र प्रचण्डको प्रतिवेदनको आरोप प्रत्यारोपलाई फिर्ता लिएर सकारात्मक र समिक्षात्मक विषय समावेश गरी साझा प्रतिवेदन बनाइने सहमति भएको समेत बताए । ओली र प्रचण्डबीचको एक्ला एक्लै वार्ताले सहमतिको बाटो खुलाएको समेत उनको भनाई थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु