भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • सपना रोक्कामगरलाई एनआरएनएले सम्मान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार १८:५२

    काठमाडौं । समाजसेवामा लागेर निकै चर्चा कमाएकी सपना रोक्कामगरलाई एनआरएनएले सम्मान गरेको छ । बेवारिसे लासहरूको व्यवस्थापन गर्दै आवश्यक परे सदगद समेत गर्दै आएकी सपना रोका मगरलाई एनआरएनए एशिया प्याशिफिक युवा सम्मेलनको कार्यक्रममा सस्थापक अध्यक्ष उपेन्द्र महतोमहतो,एशिया प्याशिफिक सहसम्योजक खगेन्द्र नेउपाने, मध्यपुर्ब सहसम्योजक मनोज,स्पोर्ट्स एकेडेमिका सदस्यसचिब धर्मराज गिरिको हातबाट १ लाख १ हजार नगदसहित प्रमाणपत्रले सम्मान गरिएको हो ।

    दुवै जनालाई काठमाडौंको संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा सपनालाई १ लाख १ हजार रुपैयाँ सहयोगसहित सम्मानपत्रले सम्मान गरिएको हो ।
    समाजसेवी सपना बीबीसीको संसारकै शक्तिशाली र प्रेरणादायी १ सय महिलाभित्र पर्न सफल बनेकी छिन् ।

    कार्यक्रममा एनआरएनए सस्थापक अध्यक्ष उपेन्द्र महतोमहतो,एशिया प्याशिफिक सहसम्योजक खगेन्द्र नेउपानेनेउपाने,मध्यपुर्ब सहसम्योजक मनोज गोर्खालिले सानो उमेरमा उहाहरणीय काम गरेर युवामा प्रेरणा प्रदान गरेकाले थप ऊर्जा भर्नका लागि सम्मान गरिएको बताए । उनिहरुले नेपालमा धेरै युवामा निराशा छाएकोमा त्यस्तो निराशालाई शक्तिमा परिणत गरेर नयाँ जिन्दगीको सुरुवात गरेका नारीलाई सम्मान गरेर सकारात्मक सन्देश दिन खोजेको बताए ।

    कार्यक्रममा उनिहरुले एशिया प्याशिफिक युवा सम्मेलनको सफलताको कामना गर्दै यस्ता कार्यक्रमले बिदेशमा रहेका नेपालि युवाहरुलाई देशप्रतिको माया मोह बढने बताए । आज भएको एशिया प्याशिफिक युवा सम्मेलनमा बिभिन्न ब्यक्तित्वहरुले युवाहरुको देशबिकाशमा भुमिकाका बारेमा आ आफ्नो प्रस्तुति दिईरहेका छन । कार्यक्रममा समाजसेवी सपनाले एनआरएनएको उक्त सम्मानले आफूलाई थप जिम्मेवार र काममा थप उत्प्रेरणा जागेको बताइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु