पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएको पहिलो युवा सम्मेलन भव्यताका सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर २१ गते, आईतवार ०६:३२

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएको पहिलो युवा सम्मेलन भव्यताका साथ सफतापूर्वक सम्पन्न भएको छ । पहिलो ग्लोबल स्पीच कन्टेस्टको आयोजना गरी चर्चामा आएको एनआरएनए अन्तराष्ट्रिय समन्यय परिषद तथा एसिया प्यासिफिक युवा कमिटीले युवा सम्मेलन शनिबार युवा सम्मेलन आयोजना गरेको थियो । भेलामा बिभिन्न शीर्षकमा गहन छलफल र चर्चा भएको र विभिन्न निर्णय गर्दै सकिएको कार्यक्रमका सभापति तथा एसिया प्याशिफिक युवा संयोजक दिपक कंडेलले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेल, बिशेष अतिथिमा पूर्वमन्त्री गगन थापा, सांसद सुर्य पाठक, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतो, गैरआवासीय नेपाली संघका पूर्व अध्यक्षहरु भबन भट्ट, जिवा लामिछाने, एनआरएनए उपाध्यक्ष रबिना थापा, युवा संयोजक हिमाल गुरुङ, एशिया प्याशिफिक संयोजक गोबिन्द श्रेष्ठ, निबर्तमान संयोजक किरण बिक्रम थापा, सहसंयोजक खगेन्द्र न्यौपाने, पारसमणि पोखरेल, एनआरएनए मध्यपुर्व सहसंयोजक मनोज गोर्खाली, आईसिसि सदस्य यासमि बेगम सैयद, एनआरएनए स्पोर्टस एकेडेमीका सदस्यसचिब धर्मराज गिरीलगायतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए कार्यक्रममा बिभिन्न बिज्ञहरुले आ–आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदका आईएस, ओबी र आईसिसी सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमका बक्ताहरुले प्रथम एसिया प्याशिफिक युवा भेला अत्यन्तै महत्वपूर्ण कार्यक्रम रहेको बताएका थिए । यस्ता भेलाले बिश्वमा रहेका सम्पूर्ण युवाहरुलाई जागरुक र आउँदा दिनहरुमा अझैँ उत्साहित बनाउदै अगाडि बढाउने र युवाकै माध्यमबाट संघमा सबै युवाहरुलाई एकताबद्द बनाइ बिश्वभर नेपाल चिनाउनु नै यस भेलाको प्रमुख उद्देश्य भएको बताए । बिश्वभर छरिएर रहेका युवाहरुलाई राष्ट्र निर्माणमा एकिकृत गराउने उद्देश्यले गरिएको यस्ता कार्यक्रमलाई बढाउदै जानुपर्ने बक्ताहरुको ठहर रहेको थियो ।

‘युवा, नवीनता र राष्ट्र निर्माण’ मुल नारा रहेको सम्मेलनमा विश्वका एनआरएनए भित्र र बाहिर रहेका युवाहरुलाई सम्मिलित गराई राष्ट्र निर्माणको लागि युवाको भूमिका र आबश्यकतासम्बन्धि बिषयहरुमा गम्भिर छलफल र बहस गरिएको थियो । सम्मेलनमा २१ औं शताब्दी र नेपालका युवाका लागि सीप, एनआरएनए दोस्रो पुस्ता र ज्ञान हस्तान्तरण, वैज्ञानिक कृषि प्रणाली र नेपाली युवाको सम्भावना, नेपालमा एनआरएन युवाका लागि अवसर र चुनौतीहरूका बारेमा छलफल गरिएको थियो ।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रबीचको संस्कृति आदानप्रदान लगायतका विभिन्न विषयमा समेत घनीभूत छलफल गरिएको र बिभिन्न देशका सास्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । सबैको सहयोग र साथमा सम्मेलन भव्यतापूर्वक सफल भएको संयोजक कंडेलले बताए । बिदेशमा सिकेको ज्ञान सीपलाई नेपालको बिकाशमा प्रयोग गर्ने र स्वदेशमा फर्केका युवाहरुलाई कसरि स्वरोजगार बनाउन सकिन्छ भन्ने नै एशिया प्याशिफिक युवा सम्मेलनको प्रमुख उद्देश्य रहेको कार्यक्रमका सभापती एवं एनआरएनए एशिया प्याशिफिक युवा संयोजक दिपक कंडेलले बताए

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु