
काठमाण्डौ । काठमाण्डौको बानेश्वर थापागाउँमा गोरखा अर्गानिक मिट सप्लायर्स’ सञ्चालनमा आएको छ ।
गोरखा अर्गानिक सप्लायर्स लोकल प्रजातिका मासु बिक्रिबितरण गर्नेछ।
जसमा लोकल खसी,लोकल कुखुरा,कालिज,बट्टाई,टर्की,हाँस,कालो कुखुरा(कडकनाथ)लगायत स्वाद बमोजिम सबै किसिमका मासुहरु र अन्डा उपलब्ध गराउने छ ।

वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका युवा प्रदिप खनालले तिन बर्ष देखि तारकेश्वर नगरपालिका ६ चिसापानीमा संचालित प्रदिप पोल्ट्री फार्मबाट उत्पादित ताजा जनचाहना अनुरुप स्वच्छ तथा सफा मासु उपलब्ध गराई ग्राहकहरुलाई सुपथ मूल्य बिक्रीवितरण गरिने खनालले बताए ।



