दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बैँकमा खाता नहुँदा अपाङ्गता भएकालाई समस्या

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर २२ गते, सोमबार ८:४९

काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले अब अपाङ्गता भएका व्यक्तिले घरमै बसी विश्वसँग जोड्ने सञ्जाल निर्माण गर्न सकिने बताउनुभएको छ । २९ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता संरक्षण नेपाल र प्रभु पे को संयुक्त आयोजना तथा नेपाल ईन्र्टनेट फाउन्डेसनको प्राविधिक सहयोगमा भएको भर्चुवल कार्यक्रममा मन्त्री गुरुङले सबै किसीमका अपङ्खता भएका ब्यक्तिहरुलाई प्रविधिसंग जोड्नेगरी सरकारले काम थाल्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अवधारणअनुरुप अब मुलुक डिजिटल हुने र जसको माध्यमबाट अपाङ्ग व्यक्तिले घरमै बसीबसी विश्वसँग जोडिने बताउनुभयो ।


कार्यक्रममा अपाङ्गता संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडाले कोभिड १९ को जोखीमको अवस्थामा पनि प्रविधिसंग पहुँच नहुदा अपाङ्गता भएका व्यक्तिहरु समस्यामा परेको गुनासो गर्नुभयो । पछिल्लो समय कागजको रुपैँयाको कारोवारमा पनि कोरोनाको जोखीम रहेको सुन्दै आएकोमा आफुहरुले बैकीङ्ग कारोबार गर्न बाट बञ्चित भएको बताउनुभयो । अपाङ्खता भएका ब्यक्तिहरुको पहुँच बैकीङ्ग कारोवारमा समेत नभएको बताउदै मन्त्री गुरुङ्गकमे ध्यानाकर्षण गराउनुभयो । साथै उहाले सेवा दिने कार्यलको भौतिक संरचना अपाङ्गमैत्री नहुदा पनि समस्या भोग्नुपरेको बताउनुभयो । यस्तै उहाँले अपाङ्गता संरक्षण नेपाल र प्रभु पे को तर्भफ बाट सेवा दिने उदेस्यले हाम्रो मोबाइल वालेट बनाइएको जानकारी दिनुभयो । यसअधि बैकीङ्ग कारोवार गर्न नपाएका अपङ्खता भएका ब्यक्तिहरुले अवदेखी उक्त एप मार्फत सेवा लिन सक्ने जनाइएको छ । साथै एपलाई अझै सुधार गरी सरल बनाउने तर्फ आफुहरु लागेको उहाँको भनाइ छ । यस वर्षको दिवसको नारा ‘कोभिड–१९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने तय गरिएको छ । नेपालमा अपाङ्गता भएकाको जनसङ्ख्या करिब पाँच लाख रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु