भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ११:४७

    काठमाडौं । अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदै छिन् । श्वेता खड्काले सोमबार धनगढीका विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कस्न लागेकी हुन् ।

     

    कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच उनको र विजयन्द्रको विवाह समारोह आयोजना गरिएको छ । विवाहमा दुबै तर्फका नजिकका सिमित व्यक्तिको मात्र उपस्थिती रहने बताएका छन् ।

    विवाहको अघिल्लो दिन श्वेताले सामाजिक संजालमा एक लामो भावुक स्टाटस पोष्ट गरेकी छिन् । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि सं २०७१ साल असार २३ गते उनले विवाह गरेकी थिइन् ।

    विवाह भएको एक महिनापछि श्रीकृष्णको निधन भएको थियो । श्रीकृष्णको निधनपछि उनले एक्लो जीवन बिताएकी थिईन् ।

    श्रीकृष्णको निधनको समयमा गहिरो शोकमा डुबेकी श्वेताले अब जीवनभर विवाह नगर्ने अभिव्यक्ति दिएको विषय मिडियाले समाचार बनाएका थियो ।

    श्वेताले केही समयपछि श्रीकृष्णको फोटो घरमा राख्न दिने मानिससँग विवाह गर्ने बताएकी थिईन । जीवनलाई दुःखबाट सुख तिर डोर्याउन विवाह गर्न लागेको उनले बताएकी छिन् ।

    श्वेता र विजयन्द्रको प्रेमको विषयमा मिडियामा केही अगाडि देखि समाचार बाहिर आईरहेको थियो ।

    तर श्वेताले केही दिन पहिले निम्तो कार्ड सहित विवाहको समाचार बाहिरिए पछि आइतबार भने सामाजिक सञ्जालमार्फत् विवाहबारे बोलेकी थिइन्

    Source: Filmyfanda.com

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु