आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • अन्तर्राष्ट्रिय विमानस्थलले पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गुमाएयो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार १०:०८

    काठमाडौं ।कोरोना सङ्क्रमणका कारण उडान प्रभावित भएपछि देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले पाँच अर्ब रुपियाँभन्दा बढी आम्दानी गुमाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार २०७६ चैतदेखि २०७७ कात्तिकसम्म विमानस्थलको आम्दानी एक अर्ब १९ करोड रुपियाँ मात्र पुगेको छ । जब कि २०७५ चैतदेखि कात्तिकसम्म विमानस्थलले छ ।अर्ब १९ करोड ७५ लाख रुपियाँ आम्दानी गरेको थियो । यस हिसाबले कोभिडको बीचमा विमानस्थलको आम्दानी पाँच अर्ब १७ लाख रुपियाँले घटेको तथ्याङ्क छ ।

    कोभिड सङ्क्रमण नियन्त्रणस्वरूप सरकारले गत चैत ११ देखि निषेधाज्ञा जारी गरेको थियो । करिब पाँच महिना लामो निषेधाज्ञाका कारण अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फको नियमित उडान बन्द थियो । उडान नै नहुँदा विमानस्थलले नियमित किसिमका आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । मासिक औसत ५० करोड रुपियाँभन्दा बढी आम्दानी गर्दै आएको यो विमानस्थलको आम्दानी कोरोना सङ्क्रमणका कारण गत भदौमा चार करोड ८९ लाख रुपियाँसम्म घटेको थियो ।
    आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु