• पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टिआज मिति २०७८ साल माघ ११ गते मंगलवारको राशिफलचलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफल

    मिस्टर एण्ड मिस वर्ल्ड वाईड नेपाल— २०२०’ को अन्तिम स्पर्धा सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार १७:३८

    बुटवल— मंसिर २३, २०७७।

    पि प्रोडक्सन नेपालले सञ्चालन गरेको ‘मिस्टर एण्ड मिस वर्ल्ड वाईड नेपाल— २०२०’ को उपाधि सन्ध्या श्रेष्ठ, बरुण भुषाल र रोशिनी खप्तरीले जित्न सफल भएका छन्।

    बुटवलको दरवार लनमा सम्पन्न भएको ग्राण्ड फिनालेमा सन्ध्याले ‘मिस वर्ल्ड वाईड नेपाल ईन्टरनेसनल, २०२०’ को ताज पहिरिदा बरुणले बरुणले ‘मिस्टर वर्ल्ड वाईड नेपाल, २०२०’को उपाधी हात पारे भने ‘मिस वर्ल्ड वाईड नेपाल, २०२०’ को ताज पहिरिन।

    त्यसैगरी ‘मिस वर्ल्ड वाईड नेपाल टिन, २०२०’ तर्फको उपाधी सपना क्षेत्री, ‘मिस्टर वर्ल्ड वाईड नेपाल टिन, २०२०’ तर्फको उपाधी निखिल योगी, ‘मिस वर्ल्ड वाईड नेपाल प्री-टिन, २०२०’ तर्फको उपाधी आयु्षा कालिराज र ‘मिस वर्ल्ड वाईड नेपाल लिटिल, २०२०’ तर्फको उपाधी
    आयु्षा पौडेलले हात पार्न सफल भएका छन।

    प्रशान्त शाहको कोरियोग्राफीमा संचालित उक्त कार्यक्रममा ग्लोवल अनलाईन पे मार्फत गरिएको डिजिटल भोटिङमार्फत सर्वाधिक भोट प्राप्त गर्दै ग्लोवल अनलाईन पे पब्लिक चोईस अवार्ड सन्ध्या श्रेष्ठले हात पार्न सफल भईन ।

    विधागत तर्फको मिस्टर भिवर्स चोईस सक्षम सापकोटा, मिस भिवर्स चोईस अमीशा थापा, मिस्टर अर्गनाईजर चोईस रमेश कार्की, मिस अर्गनाईजर चोईस अप्सरा विश्वकर्मा, मिस ब्युटी विथ पर्पस मीना ज्ञवाली र मिस पपुलर चोईस अवार्ड अस्मिता खत्रीले जित्न सफल भए।

    विश्वभर महामारीको रुपमा फैलिएको कोभिड संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य साबधानीका सम्पूर्ण कुराहरु अबलम्बन गर्दै भौतिक दुरी कायम राखि सम्पन्न गरिएको ग्राण्ड फिनालेको निर्णायक मण्डलमा निश्चल खड्का, सुजित बस्याल, नवराज देउवा, गीता खरेल रहेका थिए ।

    यस्ता प्रतियोगितात्मक कार्यक्रमले युवाहरुको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने भएकाले राजधानी लक्षित मात्रै रहदै आएका सौन्दर्य प्रतियोगितालाई मोफसलमा समेत आयोजना गरिएको कार्यक्रमका निर्देशक आनन्द भुर्तेलले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु