दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालमा ५ दिने १२ औँ मानवअधिकार राष्ट्रिय महाभेला २०७७ विशेष कार्यक्रम बुधबारबाट सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर २३ गते, मंगलवार १७:५१

काठमाडौं, २३ मंसिर । नेपालमा ५ दिने १२ औँ मानवअधिकार राष्ट्रिय महाभेला २०७७ विशेष कार्यक्रम बुधबारबाट सुरु गरिने भएको छ । मंगलबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महाभेला आयोजकले ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो ।

‘महामारीमा मानवअधिकार स्वास्थ्यसेवामा सबैको पहुँच’ राष्ट्रिय नाराका साथ हुने महाभेलाको मुल कार्यक्रम मंसिर २४ गते विहान ११ बजे जुममार्फत गरिने जनाइएको छ । उक्त कार्यक्रममा संचार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङ सहभागी हुने महाभेलाले जानकारी दिएको छ । महाभेलाको समापन मंसिर २८ गते जुममार्फन नै गरिने संयोजक गोविन्द बहादुर शाहीले जानकारी दिए ।

५ दिन देशभर प्रदेश स्तरीय, जिल्ला स्तरीय र अन्य विषयगत सवालहरुमा आधारित भएर विभिन्न कार्यक्रम गरिने बताइयो । महाभेलाले मुलुकमा रहेको मानवअधिकारको अवस्थालाई चित्रित गर्ने विश्वास लिइएको छ । त्यसैगरी मानवअधिकारको अवस्थालाई अझ सुदृढ बनाउन मार्गनिर्देश गर्ने आयोजकको भनाई छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु