सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ मंसिर २३ गते, मंगलवार २२:५४

काठमाडौं –सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले आज संयुक्त रूपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर हुने भएको छ । नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको हो । नेपालले करीब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो । गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु