भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • ७२औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवश नुवाकोटको रनभुवनेश्वरी विद्यालय मूलगेट अगाडी देविघाटमा एक कार्यक्रम गरी सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार १९:४३

    लोक बहादुर पुडासैनी
    नुवाकोट देवीघाट।

    ७२औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवश नुवाकोटको रनभुवनेश्वरी विद्यालय मूलगेट अगाडी देविघाटमा एक कार्यक्रम गरी सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज नुवाकोटको आयोजनामा भएको कार्यक्रममा विद्यार्थी शीक्षक अभिभाबक नेता तथा केही कृषकहरूको पनि सहभागिता रहेको थियो ।

    सहभागीको हातमा विभिन्न प्लेकार्ड र ब्यानर थिए, आणविक हतियार नष्ट गरौ धर्ती सुरक्षित गरौं भन्दै नारा लगाइएका थिए मानव अधिकार तथा शान्ति समाजका नुवाकोट सभापति केशबराम तिमल्सिनाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष नारायणमान श्रेष्ठले गर्नुभएको थियो त्यस्तै प्रजातान्त्रिक कानुन समाज नुवाकोटका अध्यक्ष द्वारीका पाण्डेले मानवअधिकारको नारादिनेले अर्काको पनि उत्तिकै सम्मान गर्नुपर्छ भन्नुभयो ।

    विदुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष वद्री प्रसाद रिमालले पनि कानुन र नीति नियमको परिधिमा वसेर अधिकार प्राप्त गर्न पनि मानवअधिकार प्रति बफादार रहन सबैमा अपिल गर्नुभयो ।


    मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय सदस्य राम प्रसाद जोशीले अवधारणापत्र संस्था को कोषाध्यक्ष श्री जानुका दाहालबाट वाचन गराएर प्रस्ट पार्नुभयो कार्यक्रममा असीम नेपालीले सारगर्भित भनाई राख्नुभएको थियो आज विश्वमा आणविक हतियार बनाउन होडबाजी गर्ने मुलुकहरु इज्रायल,पाकिस्तान ,भारत, बेलायत ,अमेरिका ,उत्तर कोरिया।।। लगायत ९ वटा मुलुकको राजदूतावास अगाडि मानव अधिकार तथा शान्ति समाज नेपाल केंद्रीय कार्यसमिति ले आणविक हतियार नष्ट गरी धर्ती सुरक्षित पाराउँ गोलाबारी चाहिदैन मान्छे मार्न पाइँदैन भनि प्लेकार्डसहित नारा जुलुस धर्ना लगाएको थियो ।

    र मानव अधिकार तथा शान्ति समाज प्रजातन्त्रवादी, अहिंसावादी, व्यक्तिहरु मिलेर २०५३ साल जेठ १९ गते काठमाडौंमा दर्ता भएको संस्था हो । यस केन्द्रीय सभापति कृष्ण पहाडी हुनुहुन्छ । नाकाबन्दी आणविक सन्धि लागू औषध दुर्व्यसन विरुद्ध अभियान विश्वव्यापी रुपमा भएको जलवायु परिवर्तन जस्ता सयौं विषय र ६१ वटा भखुला सभा र सयौं काव्यसभा हजारौं कोणसभा गरि देशैभर बिभिन्न कार्यक्रम सञ्चालन गरी सकेको छ ।नुवाकोट जिल्लामा पनि मानव अधिकार तथा शान्ति समाज नुवाकोट का सभापति केशव राम तिमल्सिनाको अगुवाइमा विभिन्न समयमा मानवअधिकार सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु हुँदै आएका छन् , आज पनि विश्व मानब अधिकार दिवसको दिन पारेर , यसै सेरोफेरोमा यो कार्यक्रम सम्पन्न गरेको हो ।
    यस कार्यक्रमलाई सञ्चालन संस्थाका बरिष्ठ सदस्य अर्जुन ढुंगेलले गर्नुभएको थियो । कार्यक्रममा प्रजातन्त्र सेनानी श्री राजेन्द्र सिलवाल नानिकाजी प्याकुरेल लगायत अन्य अतिथिहरुको को पनि उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु