भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • नेपाली संस्कृतिमा मौलाएको “केक” सभ्यता –

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार ०८:५३

    नेपाली संस्कृतिमा मौलाएको “केक” सभ्यता –
    आउनुहोस आज केहि संस्कृतिको कुरो गरौं केही बिकृतिको,त्यो भन्दा पहिला “केक”को कुरो गरौं।

    न्वारन, पास्नी, जन्मदिन, बिवाह, ८४ हुँदै अब १३ औं को पुण्यतिथी पनि केक काटेर मनाउँनेछन।
    आधुनिकताले हामिलाई यति सम्म गाँज्यो कि, लसुन, प्याज बिटिलो हुने चुलोमा, अण्डा हालेको केक चोखो हुन थालेको छ ।
    औषधिय तुलसी उखेलेर फाल्यौं प्लास्टिकको रुख गाड्यौं र गर्व गर्यौं।
    गाई बेच्यौं कुकुर किन्यौं, डोर्याउँदै शहर घुमेर ठाँट देखायौं।
    पुज्ने भगवान मनमा छोडेर मुर्तिमा खोज्यौं बिदेशी बत्तिको झिलिमिली रोज्यौं। भगवानमा पनि भागबन्डा भो तेरो र मेरोको, मन्दिर, मस्जिद, चर्च, गुम्बा खोज्यौं।

    साम्राज्यवाद र बिस्तारवादको बिरोध गर्यौं तिनैमा परनिर्भर भएर अधिकार खोज्यौं। नुनतेल, मसला, लत्ताकपडा र तरकारी पनि अरु कै भरमा, रछ्यान बाँझो राखेर चाईनिज गुन्द्रुक खोज्यौं ।
    तथानाम अरुलाई गाली गरयौं, टायर बाल्यौं, ढुङ्गा हान्यौं क्षति आफ्नै भो, संजालमा चर्का नारा लायौं, ख्याल गरेनौं यो संजाल पनि उसैको हो।
    न आफू बन्यौं न बन्ने कोशिश गरयौं, आधुनिकताको होडले संजालमा नाङ्गिएर आफै बदनाम भयौं।

    आकस्मिक रुपमा छाएको cake प्रतियोगिता अहिले दुरदराजको गाउँ बस्तिमा पनि झांगिदैछ सोचेनौं।
    सेलरोटी पकाउनको अल्छिले केक रोज्यौं फेसन भन्दै whisky र बियर खोज्यौं।
    परम्परा हाम्रो संस्कृति हाम्रै बिदेशी सभ्यता भित्र्यायौं अनि आफैमा गर्व गरयौं।
    घरको मादल फालेर सडकमा DJ बजाएर नाच्यौं।
    फेसबुकमा रास्ट्रवाद छाट्यौं खुल्ला मञ्चमा रास्ट्रीयता ओकल्यौं।

    जय स्वाभिमान ।।

    रामचन्द्र तिम्सिना
    (आवाज)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु