काठमाडौं, २६ मंसिर- काठमाडौं महानगरपालिका ४ सुकेधारा स्थित आदिमा बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त साधारण सभा संस्थाका अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व र काठमाडौमहानगरपालिका वडा नं -४ का अध्यक्ष मोहन बहादुर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन भएको हो । संस्थाको हाता भित्र प्रमुख अतिथि बिष्टले पानसमा दिप प्रज्जवलन गरि कार्यक्रमको उट्घाटन गरे । कोरोना भाइरसका कारण सहकारी बिभागले निकालेको निर्देशिका अनुसार स्वास्थ्य मापदण्ड अपनाई २५ जनाभन्दा बढी उपस्थित नभई कार्यक्रम गर्नुपर्ने अवस्थालाई मध्यनजर गरि सोही अनुरुप गरिएको छ ।
संस्थाले साधारण सभा गर्नुपुर्व तयारी स्वरुप मंसिर ११ गतेदेखि मंसिर २६ गतेसम्म वार्षिक प्रतिबेदन सहित साधारणसभाको माइन्युट कार्यालयमा राखी प्रतिबेदन माथी सुझाब संकलन र हस्ताक्षर गराउने कार्य गरेको थियो ।आज शुक्रबार संस्थाका संचालक समिती, सल्लाहकार समिती, लेखा समिती, विभिन्न उप-समितिमा रहने ब्यक्तिहरुको भेला गरि अरु शेयर सदस्यहरुलाई जुम मार्फत सहभागी गराई साधारणसभा सम्पन्न गरिएको छ ।
कार्यक्रममा संस्थाका सचिव राजु बस्नेतले स्वागत मन्तव्य राखे भने अतिथिको तर्फबाट रुद्रमती सहकारीका उपाध्यक्ष तारा प्रसाद पराजुलीले शुभकामना मन्तव्य राख्दै यस्तो अवस्थामा पनि सहज तरिकाले साधारणसभा सम्पन्न गर्न सफल भएको र संस्था घाटामा नभएको देख्दा संस्था राम्रो अवस्थामा रहेको बताए ।
कार्यक्रममा लेखा समितिका संयोजक मनोज कुमार घिमिरेले प्रतिबेदन पेश गरे भने कोषाध्यक्षको प्रतिबेदन कृष्णादेवि मुनिकारले प्रस्तुत गरिन । प्रतिबेदन माथि छलफल भई उठेका प्रश्नका जवाफ आ-आफ्नो बिभाग अनुसार प्रतिबेदन पेश कर्ताहरुले दिए। कार्यक्रममा प्रमुख अतिथि एवं अध्यक्ष विष्टले सहकारी यो महामारीको अवस्थामा पनि घाटामा नजानु राम्रो पक्ष भएको र अनावश्यक अस्वस्थ प्रतिस्पर्धा गरि पुँजी जम्मा गर्नुभन्दा यसरी नै विस्तारै आफ्नै गतिमा शेयर सदस्यको विश्वास जित्दै अगाडि बढदा राम्रो हुने धारणा राखे । अध्यक्ष विष्टले थप बोल्दै सरकारले ल्याएको नीति नियममा भने जहिले पनि रहनुपर्ने बताए भने सहकारीको १२औं वाषिर्क साधारणसभाको सफलताको कामना समेत गरे ।
संस्थाका उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठले उपस्थित सबैलाई विशेष धन्यवाद दिदै आगामी दिनमा पनि सम्पूर्ण शेयर सदस्यहरुको यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए । समापन समारोमा संस्थाका अध्यक्ष दाहालले यस्तो महामारीको बेला पनि संस्थालाई चलायमान बनाई सबैको विश्वास जित्न सकेकोमा संस्थाका सबै कर्मचारीहरुलाई विशेष धन्यवाद दिए । उनले शेयर सदस्यहरुलाई आगामी दिनमा शेयर थप गरि सम्पूर्ण कारोबार संस्था मार्फत नै गर्नको लागि अनुरोध समेत गरे ।
कोरोना भाइरसका कारण गत वर्ष जस्तो भब्य रुपमा कार्यक्रम गर्न सम्भावना नभए पनि कार्यक्रममा जुम मार्फत शेयर सदस्यहरुको सहभागिता रहेको थियो । यस वर्ष गत वर्ष जस्तो बिबिध बिदामा गरिने सम्मान र अन्य कार्यक्रम भने हुन सकेन ।
कार्यक्रममा संस्थाको तर्फबाट प्रस्तुत सबै प्रतिबेदन पास गर्दै साधारणसभाको लेखिने माइन्युटमा हस्ताक्षर गर्नको लागि ९ जना सदस्यको छनौट,लेखा परिक्षकको छनौट, आगामी वर्षका कार्यक्रम पारित,विशेष निर्णय अपरझट गर्नपर्दाका लागि संचालक समितिलाई अधिकार प्रतियाजन गर्ने जस्ता कार्यहरु पनि भए । कार्यक्रम संचालन संस्थाका ऋण उपसमितिका सदस्य राजेश चालिसेले गरेका थिए ।