मंसिर ,पुष र माघ घाम ताप्ने महिना भन्दा फरक पर्दैन त्यस माथी पनि सडक र सदन दुबैतिर राजनीतिक राप तेजिलो छ।
राजाबादिहरुले सडकमा घाम ताप्न शुरु गरेका छन् ,गणतन्त्रबादिहरु कोहि मध्यावधिको निर्वाचन पछि कोहि पार्टी एकता पछि आ-आफ्नै तरिकाले घाम तापिरहेकाछन।
सर्वसाधारण पहिल्यै देखि खाडिमा सेकिएका छन् ।
खुल्लामञ्चको चौरमा बदाम छोडाउँदै मायालुको काखमा सिरानी राखेर घाम ताप्नुको मज्जा नै बेग्लै।
घाम तापेर कालो चिया पिउँदै नेता ज्युहरुको रास्ट्रवादी भाषण सुन्नुको मज्जा झन बेग्लै।यस्तो लाग्छ घाम कहिल्यै नडुबोस यसरी नै तातिएर बस्न पाईयोस भाषणमा मन्त्रमुग्ध एकातिर अलिंघनमा लुफ्त अर्कातिर आहा।
रोग निवारक क्षमता र भिटामिन “डि” पाईने बैज्ञानिक खोज एकातिर, काम छल्ने बहाना अर्कोतिर ।
हाजिरे कर्मचारी र जागिरे कर्मचारी घाम ताप्न मै ब्यस्त।सत्तापक्ष-विपक्ष सबै घाम ताप्न मै ब्यस्त।
शिक्षक, विद्यार्थी, अभिभावक, किसान, मजदुर घाम ताप्न मै ब्यस्त।
ए बुढी भात खाने बेला भएन र ?
पख्नुस न एकछिन कति मीठो घाम लागेको छ।
घाम ताप्दा ताप्दै लडेर शिक्षकको मृत्यु भन्ने समचार सुनिएको थियो अघिल्लो साल ।
घाम ताप्दै जुवा खेल्ने ठुला घरानाको जुवाडेहरु समातिएको समाचार पढेको अस्ति जस्तो लाग्छ।
घाम ताप्दै बियर पार्टी मनाउनेहरु बिच कुटाकुटको समाचार पनि सुनिएको थियो।
घाम ताप्दै रासलिला गर्दा भाईरल भएको भिडियो हेरेको हिजो जस्तै लाग्छ।
कयौंको घरबार टुटेको र जुटेको प्रसस्त उदाहरण छन् ।
तसर्थ महोदय ,
कहिलेकाही त यस्तो लाग्छ अरु दिवस जस्तै “घाम ताप्ने” दिवस पनि बनाईयोस।
सार्वजनिक बिदा दिईयोस उद्घाटन समारोह गरेर शुभकामना आदानप्रदान गर्दै भब्य रूपमा मनाउन पाईयोस।
संयुक्त रास्ट्रसंघको मुख्यालय र सिंहदरबारमा यस्तो प्रस्ताव छिट्टै लगियोस यस एतिहासिक महिनालाई पनि दिवसको रूपमा मनाईयोस।
रामचन्द्र तिम्सिना
(आवाज)