आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • इन्चोन रणनीतिको कार्यन्वयको अवस्था र चुनौती विषयमा छलफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ मंसिर २०७७, आईतवार १८:५८

    २८ मंसिर २०७७ शर्मिला विश्वकर्मा, काठमाण्डौं ।

    राष्ट्रिय शारीरिक अपाङ्ग संघ र एशिया प्यासेफिक अपाङ्गता भएका युवाहरुको इन्चोन रणनीतिको नेटवर्कको आयोजना तथा राष्ट्रिय अपाङ्ग युवा सञ्जाल नेपाल र नेत्रहिन युवा संघ नेपालको सहकार्यमा अपाङ्गता भएका युवाहरुको इन्चोन रणनीतिको कार्यन्वयनको अवस्था र चुनौती विषयक कार्यशाला काठमाण्डौंमा सम्पन्न गरिएको छ । सो कार्यशालामा आयोजक संस्था राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालका अध्यक्ष किरण शिल्पकारले संस्थाले अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन गरेका कार्यक्रमहरुको विषयमा कार्यत्रप प्रस्तुत गर्दै इन्चोन रणनीतिको पूर्ण रुपमा कार्यन्वयन गरी अपाङ्गता भएका व्यक्तिहरुको पहुँचयुक्तताको सवालमा वकालत गर्नु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी नेत्रहिन महिला संघकी कार्यक्रम अधिकृत लक्ष्मी नेपालले इन्चोन रणनीति, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धि र दिगो विकास लक्ष्य कार्यन्वयनमा एशिया प्रान्त क्षेत्रका युवाहरुको भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।


    सो कार्यशालामा नेत्रहिन युवा संघ नेपालका महासचिव रामचन्द्र गैरेले अपाङ्गता भएका युवाहरुका लागि बनेका नीति निययमहरु कर्यन्वयन हुनु पर्ने बताउनु भयो भने राष्ट्रिय अपाङ्ग युवा सञ्जालका अध्यक्ष महेन्द« थापाले अपाङ्गता भएका व्यक्तिहरुका लागि बनेका जति पनि नीति नियमहरु तथा ऐन कानूनहरु पूर्ण रुपमा कार्यन्वयनका लागि सबै एक जुट भएर सरकारको ध्यान केन्द्रित गर्नु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी उपाध्यक्ष रमा ढकालले राज्यका सबै निकायहरुमा अपाङ्गता भएका युवाहरुको पहुँच हुन जरुरी रहेको बताउदै राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका युवाहरुको पहिचान गरी अधिकार प्राप्तीका लागि जनस्तरमा नै वकालत गर्न सहयोग गर्ने बताउनु भयो । उक्त कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका व्यक्तिहरुका विभिन्न सवालमा बनेका रणनीति, कार्ययोजना तथा आएका दस्तावेजहरु कार्यन्वयनका लागि सरकारको ध्यानकर्षण गरेको र अबका दिनमा पनि सहकार्य गरेर काम गर्ने बताउनु भयो । सो कार्यक्रम विशेष गरी एशिया प्रान्तमा रहेका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकार सुनिश्तिको लागि आयोजना गरिएको थियो भने सो कार्यक्रममा विभिन्न प्रकारका अपाङ्गता भएका युवाहरुको सहभागीता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु