• देशभर पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १७:५३

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेका छन् ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ८४२ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ३६ हजार ५ सय ७३ जना कोरोना संक्रमित निको भएका छन् ।

    हालसम्म १८ लाख ३६ हजार ४ सय ६४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय १७ जना पुगेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु