नुवाकोट- मंसिर २९, राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान, नेपालले “आजको आबस्यकता आत्मनिर्भर सहितको समृद्धि” भन्ने मुल नाराका साथ थालेको राष्ट्रिय अभियानले आफ्नो उत्पादन युनिट बेलकोटगढी वडा नम्बर -१० मा बनाएको छ।
अभियानका केन्द्रिय संयोजक सुदर्शन बिक्रम कार्किसहितको उपस्थितिमा कृषकहरुको राम्रो सहभागीता थियो, अभियान संयोजक सुदर्शन बिक्रम कार्किले किसानहरुले उत्पादनमा सहभागीता संगठित भएर गरिनुपर्ने साथै सामुहिकतामा उत्पादन नै आत्मनिर्भर सहितको समृद्धिको बाटो निर्माण गर्नु हुने भएकाले सम्पुर्ण बेलकोटगढी उत्पादक (किसान) एकजुट भएर उत्पादनमा लाग्न अनुरोध गर्दछु भन्नुभयो, हामिले अब साधमा किल्ला गाडेर यो मेरो यो तेरो बारि भन्ने होइन हामिले त यो हाम्रो बारि भनेर आउदो पुस्तालाई सामुहिकता सिकाएर जाने हो। नेपाल सरकार, एनजीओ -आईएनजिओ, विभिन्न अन्य संघसस्था, सहकारीको सहभागीता हुदाहुदै पनि हामी कृषिमा किन आत्मनिर्भर हुन सकेका छैनौ भनेर प्रश्न गर्दै हामिले यी कुरा गम्भीर रुपमा सोच्नुपर्ने बेला आईसकेको छ त्यसैले बेलकोटबासी यी प्रश्नहरुसहित उत्पादनमा लाग्ने मा म बिस्वस्त छु भन्नुभयो।
आर्थिक बिभाग डाक्टर निरनंजन रिजालले अभियानमा सम्मीलित सम्पुर्ण किसानको ४०% सेयर सुरक्षित रहनेभएकाले अब किसान आफै उत्पादक आफै मालिक हुने जानकारी पनि दिनुभयो, अब हाम्रो उत्पादन अनि हाम्रै बजार हो हामिले उत्पादन मात्र गरौ सम्पूर्ण कुरा बसेर नै प्राप्त गर्न सकिन्छ भन्दै बेलकोट बासी जतिसक्दो चाडो सामुहिक उत्पादन तर्फ लाग्नुपर्ने बताउनुभयो।
कृषकको उत्पादित बस्तु अब बजारको लागि चिन्ता गर्नु नपर्ने नेपालको विभिन्न सहर हुँदै बिदेशी बजार सम्म पुर्याउन सकिने बरु किसानले सामुहिक इत्पादन थाल्दा मात्र हामिले बजार पूरा गर्न सक्ने भएको हुनाले उत्पादकले उत्पादनमा नै ध्यान दिनुपर्ने भन्दै प्रचारप्रसार बिभाग उत्सव ढकालले जतिसक्दो धेरै समुहमा बसेर काम गर्नुपर्ने भन्नुभयो।
अभियान (Green Unit) नाम दिइएको युनिट लिडर कृष्ण तिवारीले हामिले आजसम्मकै फरक कार्यक्रम पाएकाले यसरी सामुहिकतामा लाग्दा मात्रै किसानको मुत्ती हुने देखिएकाले आफू पनि यो अभियान मार्फत उत्पादनमा कृयासिल हुने बताउनुभयो, टिम लिडर तिमिल्सिना आफैले खसी र कुखुरा पाल्दै आईरहनु भएको छ।
प्रदिप भट्ट
नुवाकोट