~~ कविता ~~
“तिमी गरिब होईनौं”-
म गरिब छु
म बेरोजगार छु
म असहाय छु।
म अपहेलित भएको छु
म उपेक्षित बनेको छु
म तिरस्कृत भएको छु।
मलाई पीडा छ
मलाई ब्यथा छ
मलाई चिन्ता छ।
दुनियाँमा तिमिलाई मात्र परेको समस्याको भ्रम जालबाट बाहिर आउ अनि हेर –
ब्यथा कस्तो हुन्छ
श्रीलंकाबाट मेटिएको तामिल र
म्यान्मारबाट लखेटिएको रोहिंग्या सोध।
पीडा कस्तो हुन्छ
पाकिस्तानमा रेटिएको बंगाली र
नानचिंगमा सेरिएको चिनियाँलाई सोध।
उपेक्षित कस्तोलाई भनिन्छ
पाकिस्तानमा सताईएको हिन्दु र
हिन्दुस्तानमा दबाईएको मुस्लिम सोध।
असाहय कस्लाई भनिन्छ
बेलायतबाट लुटिएको भारतिय र
अकबरबाट भुटिएको राजस्थानी सोध।
अपहेलित को हो ?
जंगलबाट धपाईएको आदिवासी
वेदबाट बहिस्कृत जातीलाई सोध।
बेसहारा कस्लाई भनिन्छ
चिनद्वारा कुल्चिएको तिब्बती
बलत्कारिद्वारा मिल्किएको चेलीलाई सोध।
गरिबी कस्तो हुन्छ
अमेरिकी बमबाट ध्वस्त इराकी ,अफगानी र भियतनामीलाई सोध।
तिरस्कार कस्तो हुन्छ
असमको बंगाली र
कस्मिरको पंण्डितलाई सोध।
तब आफै उत्तर पाउनेछौं
सानै भए पनि आफ्नै झुपडी छ
खानै नपाए पनि परिवार साथमा छ।
खान भात पाएका छौं
सुत्न छत पाएका छौं
तिमी गरिब होईनौ
तिमि बेरोजगार र उपेक्षित पनि होईनौं।
गरिब ,उपेक्षित र बेसहरा त ती हुन
जस्को आफ्नो छत छैन
यहाँ सम्म कि उनिहरुको
आफ्नो देश छैन।
रामचन्द्र तिम्सिना
(आवाज)