दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल पत्रकार महासंघ नुवाकोटद्धारा स्व रामकृष्ण प्रधान स्मृति पत्रकारीता पुरस्कार पत्रकार थपलियालाई दिने निर्णय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष २ गते, बिहीबार १७:५३

काठमाण्डौं । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष तथा सगरमाथा पोष्ट डट कमका सम्पादक रबिन प्रसाद थपलियालाई स्व रामकृष्ण प्रधान स्मृति पत्रकारीता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
बिगत २० बर्ष देखि नेपाली पत्रकारीतामा क्रियाशील पत्रकार थपलियालाई नुवाकोट जेसीसद्धारा स्पोन्सर गरिएको स्व रामकृष्ण प्रधान स्मृति पत्रकारीता पुरस्कार दिन लागिएको हो । पुरस्कारको राशी ११ हजार १ सय ११ रहेको छ । थपलियाको रेडियो, पत्रिका र अनलाइन लगायत दर्जन बढी मिडियामा काम गरिसकेका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको आज बसेको बैठकले पत्रकार थपलिया सहित त्रिशूली प्रबाह साप्ताहिका प्रकाशक एवं सम्पादक शरण उत्सुक सापकोटालाई दिर्घसेवा सम्मान–२०७७, अर्थपथ डटकमका सम्पादक बिष्णुराज जम्कट्टेल (बिष्णु तारुके) लाई स्वर्गिय मोहन विक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार–२०७७ र बिबिसी नेपाली सेवाका सम्वाददाता शक्तिमाया तामाङलाई महिला पत्रकारिता पुरस्कार–२०७७द्धारा सम्मान तथा पुरस्कृति गर्ने निर्णय गरीएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिल देव खनालले बताए ।
बिगत २० बर्ष देखि नेपाली पत्रकारीतामा क्रियाशील पत्रकार थपलिया नुवाकोटबाट प्रकाशीत नयाँ रुपरेखा साप्ताहीक, एचविसी ९४ एफ एम, गोर्खा एफएम, अग्निवाँण पाक्षिक पत्रिका लगायत दर्जन बढी मिडियामा काम गरिसकेका छन् ।
उक्त पुरस्कार र सम्मान नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको १० औ बार्षिक साधारणसभाको अवसरमा पुस ९ गते सुखद पाहुना घर बिदुरमा प्रदान गरिने नेपाल पत्रकार महासंघ नुवाकोटले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु