दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जोरबिजोर प्रणाली आज देखि अन्त्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष ३ गते, शुक्रबार ८:०७

काठमाडौं ।सरकारले कोरोना संक्रमणलाई लक्षित गरी काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधनमा लागु गरेको जोरबिजोर प्रणाली शुक्रबारदेखि अन्त्य भएको छ। सर्वसाधारणको चहलपहल बढेसँगै सार्वजनिक यातायातका साधनमा भिडभाड बढेपछि जोरबिजोर प्रणाली हटाइएको हो।

सरकारले साउनदेखि लकडाउन खुकुलो बनाएर यातायातका साधन सञ्चालन खुला गरेको थियो। तर सडकमा चाप पर्न नदिन त्यति बेलैदेखि जोरबिजोर प्रणाली लागु गरिएको थियो। पछिल्लो समय यातायातकर्मी र व्यवसायीले मात्र नभएर यात्रुले पनि यो प्रणाली हटाउन माग गर्दै आएका थिए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पनि जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाएको थियो। सोही अनुसार जोरबिजोर प्रणाली शुक्रबारबाट लागु हुनेगरी हटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर रायले बताए। ‘अहिले सडकमा सर्वसाधारणको भिडभाड बढेको छ, आधामात्रै यातायात सञ्चालन गर्दा झन् भिडभाड हुने देखियो, त्यसैले जोरबिजोर प्रणाली हटाइएको हो।’

जोरबिजोर प्रणाली हटाएपछि उपत्यकामा सवारी जाम हुने सम्भावना देखिएको छ। मुख्य चोक कोटेश्वरमा प्रहरीले जाम कम गर्न केही बस स्टप हटाएको छ। महाशाखाले मुख्यमुख्य जाम हुने स्थानको विकल्प खोज्न यातायात व्यवस्था विभागलाई आग्रह गरेको थियो।

यसअघि लामो समयदेखि सरकारी निकायहरूले जोरबिजोर प्रणाली व्यवस्थित गराउन नसक्दा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेर उल्टै कोभिड १९ को संक्रमण बढ्ने जोखिम थपिएको थियो। गृह मन्त्रालयले गत साउन २२ गतेदेखि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो।

नागरिक दैनिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु