एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

कविता “असन्तुष्टि”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष ३ गते, शुक्रबार ०९:१९

श्रीमानलाई श्रीमतिको “लवाई” प्रती असन्तुष्टि
श्रीमतीलाई श्रीमानको “खुवाई” प्रती असन्तुष्टि
नेतालाई जनताको “भनाई” प्रती असन्तुष्टि
जनतालाई नेताको “काम गराई” प्रती असन्तुष्टि ।

असन्तुष्टि नै असन्तुष्टि
हरेक क्षेत्रमा छ असन्तुष्टि।

यहाँ असन्तुष्टिको एउटा लामो शृङ्खला नै ठडिएको छ।

डाक्टरको कार्यशैली प्रती बिरामिको
जनप्रतिनिधिको कार्यशैली प्रती जनताको असन्तुष्टि।
अख्तियारको कार्यशैली प्रती बिपक्षीको
नेताको जिवनशैली प्रती जनताको
बिपक्षिको कार्यशैली प्रती सत्तापक्षिको असन्तुष्टि।

घरायसी कुरा छाडौं राजनीतिक क्षेत्रमा झन बढि छ असन्तुष्टि।

कांग्रेसलाई कम्युनिस्टको
कम्युनिस्टलाई कांग्रेसको क्रियाकलाप प्रती असन्तुष्टि।

ओलिलाई प्रचण्डको,
प्रचण्डलाई ओलिको ब्यबहार प्रती असन्तुष्टि।

देउवालाई रामचन्द्रको
रामचन्द्रलाई देउवाको कार्यशैली प्रती असन्तुष्टि।

राजतन्त्रलाई गणतन्त्रको
गणतन्त्रलाई राजतन्त्रको शैली प्रती असन्तुष्टि।

म नै ठिक म नै सहि म बाहेक अरु सबै गलत यहाँ पनि छ असन्तुष्टि।

नीति-नियम, दर्शन-सिद्धान्त, विधि-बिधानमा असन्तुष्टि।

गरिने बिकास र गर्नुपर्ने बिकास आयोजना मा असन्तुष्टि।

भागबन्डामा असन्तुष्टि
गुटबन्दिमा असन्तुष्टि ।

संविधानमा असन्तुष्टि
संघियतामा असन्तुष्टि।

असन्तुष्टि नै असन्तुष्टि

एकता अभियानमा असन्तुष्टि
एकीकरण अभियानमा असन्तुष्टि।

रामचन्द्र तिम्सिना
(आवाज)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु