कमलराज पुरी, गुल्मी । गुल्मीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन । जिल्लाको गैडाकोटबाट तम्घास तर्फ जादै गरेको लु १ ह २७४३ नम्बरको अटो रिक्सा रेसुङ्गा नगरपालिका -१३ मा गएराति करिव ८ः५० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा अटो चालक रेसुङ्गा नगरपालिका १२ का ३० वर्षीय तेज बहादुर रानाको उपचारको क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले न्युजललाइन्स नेपाललाई बताएको छ ।
दुर्घटनामा घाइते हुनेहरुमा रेसुङ्गा नगरपालिका २ का २७ वर्षिय सुनिल विक र १८ वर्षिय सुरज विक रेसुङ्गा नगरपालिका २ का १६ वर्षीय रोशन परियार र रेसुङ्गा नगरपालिका १२ का १० वर्षीय रमेश खत्रीको रहेका छन ।