भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • राखेप सदस्य श्रेष्ठ सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ पुष २०७७, शनिबार १७:३२

    काठमाण्डौं पौष ४ ।
    राष्ट्रिय खेलकुद परिषद्(राखेप)की बोर्ड सदस्य सुवर्णा श्रेष्ठ शनिवार सम्मानित हुनु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यको जिम्मेवारी पाएकोमा स्थानिय सामाजिक संस्था सेभेन एण्ड सेभेन मेम्बरले श्रेष्ठलाई सम्मान गरेको हो । लुभु मार्टमा भएको सम्मान कार्यक्रममा सदस्य श्रेष्ठले खेलकुदलाई जिवनको अंग बनाउ भन्दै खेलक्षेत्रको विकास र विस्तारमा सामाजले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनु भयो । वहाँले भन्नु भयो,खेलकुदलाई सामाजिक उत्तरदायीत्व भित्र पारेर महत्वपूर्ण स्थान दिन सके नेपाली खेलकुदले अझ फड्को मार्न सक्छ । कार्यक्रमका संयोजक सुनिल श्रेष्ठले सेभेन एण्ड सेभेन मेम्बर सामाजिक संस्थाको रुपमा चिनिने भए पनि खेलक्षेत्रलाई प्राथामिकतामा राखेर खेलकुदका गतिबिधिमा पनि सहभागिता जनाउदै आएका बताए । सम्मान कार्यक्रममा संस्थाले एसइइ उत्रिणा गरेका बिद्यार्थीलाई पनि सम्मान गरेको थियो । कार्यक्रममा नेपाल आईटिएफ तेक्वान्दोका मुख्य प्रशिक्षक अन्जुनाथ श्रेष्ठ,ब्यापारी तथा समाज सेवी झलक मोहन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु