
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार ७१० जना थपिएसँगै संक्रमितको कूल संख्या २ लाख ५३ हजार १८४ जना कोरोनामुक्त भएका छन् ।
त्यस्तै बितेको २४ घण्टामा एक हजार १७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको ज्यान गएको छ । योसँगै मृत्यु हुनेको कूल संख्या एक हजार ७७७ जना पुगेको छ ।


