दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जाँडरक्सी मुक्त अभियान’ सहितको ‘ललितपुर–जनकपुर दौड’का खेलाडी सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष ५ गते, आईतवार १७:४९

काठमाडौं, ५ पुस । विवाह पञ्चमीको अवसरमा जाँडरक्सी मुक्त अभियानका लागि आयोजित दोस्रो ललितपुर–जनकपुर दौडमा सहभागी खेलाडीलाई सम्मान गरिएको छ । आइतबार रिपोर्टर्स क्लव नेपालमा आयोजित एक कार्यक्रमबीच क्लबका अध्यक्ष ऋषि धमला र सामाजिक अभियन्ता पुण्य गौतमले उपस्थितिमा खेलाडीहरुलाई सम्मान गरेका हुन् ।
सम्मानित हुने खेलाडीहरुमा अन्र्तराष्ट्रिय धावक राम सुन्दर कार्की, साग स्वर्ण पदक विजेता कृष्ण बस्नेत रहेका छन् । ‘जाँड रक्सी मुक्त नेपाल घोषणा गरौ’ भन्ने उद्देश्य प्राप्तीको लागि शान्ती दौड कार्यक्रमको समापन कार्यक्रममा बोल्दै धावक कार्कीले यो अभियानले समाजलाई परिवर्तन गर्ने उद्देश्य राखेको बताए । उनले देशमा जाँडरक्सी मुक्त अभियान सफल भए समृद्धि र शान्ति हासिल हुने बताए । उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए । ‘मलाई दौडको क्रममा सबै स्थानबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद ।’ उनले भने, ‘आउँने दिनमा पनि सबैबाट सहयोगको अपेक्षा गर्दर्छु ।’
कार्यक्रममा बोल्दै कार्यक्रमका संयोजक राधे खड्काले सबैको सहयोगले यो विशेष कार्यक्रम सम्पन्न गर्न सफल भएको बताए । उनले दौडले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरे ।
पौष १ गते गोदावारी नगरपालिकाकी उपमेयर मुना अधिकारीले उद्घाटन गरेर सुरु भएको दौड ललितपुरको गोदावरीबाट सुरु भएर पुस ३ गते जनकपरमा विवाह पञ्चमीको दिन समापन भएको थियो । टोलीलाई जनकपुर मन्दिरका पुजारी र चेम्बर अफ कर्मसले अभिनन्दन गरेका थिए । कार्यक्रमको संयोजन सहकारी पार्टीका अध्यक्ष राधे खड्काले गरेका थिए ।
प्रमुख धावक राम सुन्दर कार्की नेपालका ७७ जिल्ला तथा भारत, भुटान लगायत धेरै देशहरुमा दौडिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु