• पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना पुष्टि , १०७९ जना सङ्क्रमणमुक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ पुष २०७७, सोमबार १९:०४

    काठमाडौँ । पछिल्लो २४ घण्टामा ६ हजार ३५१ जनाको परीक्षण गर्दा थप ७४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०७९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ४४ हजार ७४३ पुगेको छ ।

    हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ९७६ छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ७ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १७९५ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु