हे नेपाली अब त उठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष ६ गते, सोमबार १९:४१

“हे नेपाली अब त उठ”-

एकिकरण गर्न उठ्यौ, राणा शासन विरुद्ध उठ्यौ !!
शोषक, सामन्त र शोषण विरुद्ध उठ्यौ !!

राष्ट्र र रास्ट्रीयताका पक्षमा सँधै सँधै उठि रह्यौ तिमी !!
जिन्दावाद भन्दै उठ्यौ मुर्दावाद भन्दै उठ्यौ !!

साना साना मुद्दामा पनि बेस्सरी उठ्यौ तिमी !!
ठूला राजनीतिक परिवर्तन का लागि पनि उठिनै रह्यौ तिमी !!

ब्रिटिश साम्राज्यवाद लाई हराउन उठ्यौ तिमी !
अमेरिकी रूसी साम्राज्यवाद विरुद्ध पनि उठ्न छोडेनौ तिमी !!

तर,
1,2,3,4,——-
राष्ट्रघाती आफ्नै दलाल नेता विरुद्ध कहिल्यै उठेनौ तिमी !!
बेथिती र अराजक तन्त्र विरुद्ध कहिल्यै उठेनौं तिमी !!

मौलाउँदो भ्रष्टाचार र कमिसन खोर विरुद्ध उठेनौं तिमी !!
गुटवाद र लुटवाद विरुद्ध पनि उठेनौं तिमी !!

चाकडी र चाप्लुसिवाद विरुद्ध उठेनौ तिमी !!
शैक्षिक र मेडिकल माफिया विरुद्ध पनि उठेनौ तिमी !!

बिकास आयोजनाको ढिलासुस्ती विरुद्ध उठेनौ तिमी !!
हे नेपाली अब त उठ …
जुर्मुराएर उठ
आँसु लिएर उठ
आक्रोश लिएर उठ
जोश लिएर उठ
जांगर चलाएर उठ !!
फेरि एकपटक
देशका लागि उठ !!

रामचन्द्र तिम्सिना
(आवाज)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु