• पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २५ हजार ९०९ नमु्ना परीक्षणमा १२ हजार ८ जनामा संक्रमण पुष्टिआज मिति २०७८ साल माघ ११ गते मंगलवारको राशिफलचलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफल

    खेल बर्गिकरण हुन्छ – मन्त्री बिश्वकर्मा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ पुष २०७७, सोमबार १९:५९

    काठमाडौं ।युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार(बिश्वकर्मा)ले लागि खेलसंघको बर्गिकरण हुने बताउनु भएको छ ।
    राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजनाा राखेपमा लागत भएका राष्ट्रिय संघहरुको अन्तक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले ऐनले खेल बर्गिकरणको ब्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि श्रोत,सादन र प्राथमिकताका आधारमा आवश्यकता अनुसार खेल संघहरु बर्गिकरण गरिने बताउनु भयो ।
    राखेपका उपाध्यक्ष शिव कोईरालाले ब्यक्ती एउटा दायित्व धेरै भएको संघमा पाईयो,अब त्यो प्रथाको अन्त्य हुने छ । संघ विबाद सामाधन समितिका संयोजक समेत रहनु भएका उपाध्यक्ष कोईरालाले भन्नु भयो– संघ धेरै भएर राज्यले धान्न नसकेको होईन्,कतिपए संघले गर्ने क्रियाकलाबबाट खेलकुद बदनाम हुदै आएको छ अब यस्तो परिपाटी चल्दैन ।
    राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदका गतिबिधि क्रमशः सामान्य अवस्थामा आउदै गरेका बताउदै भन्नु भयो– नेपाल सरकारको स्वास्थ्यको प्रोटोकललाई ध्यानमा राखी परिषद्ले पुष महिना भर खेलकुदले मेची–महाकाली जोड्ने गरि ७ वटै प्रदेशमा २÷२ दिने कार्यक्रमको आयोजना गदैछौ । प्रदेशका खेलकर्मी,खेलाडी,प्रशिक्षकलाई लक्षित कार्यक्रमले एक प्रकारको सन्देश दिनेछ । सदस्य सचिवले संघहरुले प्रतियोगिता गर्नका लागि अनुमति मागि रहेको जानकारी गराउदै भन्नुभयो कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गदै खेलक्षेत्रको विकास–विस्तार र समृद्धिका लागि प्रतियोगिता पनि क्रमशः आयोजना हुदै जाने छन् ।
    कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नयाँ ऐनका बारेका जानकारी गराउनु भयो । सो अवसरमा लगभग ८० संघका प्रतिनिधिको सहभागिता रहेको थिए । धेरै जसो संघहरुले आगमि नवौं राष्ट्रिय खेलकुदमा आफ्नो खेललाई पनि समाबेश गरिनु पर्ने धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रमका राखेप सदस्यहरु,बिभागिय प्रमुखहरु,प्रशिक्षक,कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु