काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्कानेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सफलतापूर्वक सम्पन्न पारस मणि मिश्र अध्यक्षमा निर्वाचित, राजदूतावास स्थापनामा पहल गर्ने निर्णयदक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखिजुडो टोली थाइल्यान्ड प्रस्थानसर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमाआमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै नेपाल हाउस बेकरीबाट विशेष केक अफरआयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति

पल्सर स्पोर्टस अवार्डको डिश मिडिया मुख्य सह–प्रायोजक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष ८ गते, बुधबार १६:४५

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मुख्य सह–प्रायोजकको रुपमा डिश मिडिया नेटवर्क लिमिटेड जोडिएको छ ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार डिस मिडिया नेवकर्ट लिमिटेडसँग मुख्य सह–प्रायोजक सम्बन्धि सम्झौता गरेको हो ।
मञ्चका महासचिव प्रज्वल ओली र डिश मिडियाका प्रबन्ध निर्देशक सुदिप आचार्यले प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
मुख्य सह–प्रायोजकको रुपमा डिस मिडियाले अवार्ड कार्यक्रमलाई नगद र जिन्सी गरि ११ लाख रुपैयाँ बराबरको सह–प्रायोजन गर्नेछ ।
सम्झौता वापत डिस मिडियाले अवार्डका लागि ७ लाख नगद र ४ लाख बराबरको जिन्सी उपलब्ध गराउने छ ।
जिन्सी अनुसार डिस मिडियाले अवार्ड विजेता खेलाडीलाई १३ थान कनेक्सनको दुई वर्षको रिचार्ज सहितको सेवा उपलब्ध गराउनेछ । यस्तै, २० जना मनोनयनमा परेका खेलाडीलाई २० थान डिस होम कनेक्सन एक वर्षको रिचार्ज सहित र १३ थान सेट–अप बक्स दुई वर्षको रिचार्ज सहित उपलब्ध हुने सम्झौता पत्रमा उल्लेख छ ।
सम्झौता पछि मञ्चका महासचिव ओलीले कठिन अवस्थामा हुन लागेको अवार्ड कार्यक्रममा डिस होमले गरेको प्रायोजनका लागि धन्यबाद ब्यक्त गर्नु भयो ।
डिश मिडियाका प्रबन्ध निर्देशक आचार्यले अवार्डको निरन्तरता मुख्य विषय रहेको उल्लेख गर्दै कठिन अवस्थामा समेत आफु जोडिन पाउँदा खुसी लागेको बताए ।
खेल क्षेत्रबाट राष्ट्रलाई अतुलनीय योगदान गरेर देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र संस्थालाई सम्मान गर्ने ‘पल्सर स्पोर्ट्स अवार्ड’ को १७ औं संस्करण यस वर्ष पुस २८ गते आयोजना हुदैछ ।
अवार्डअन्तर्गत गत हप्ता मात्र पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको थियो ।
सो विधामापौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिनाश्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र करातेका मण्डेकाजीश्रेष्ठ मनोनयनमा परेका छन् ।
मनोनयनमा परेका खेलाडीले आफ्नो क्याम्पेनिङ पनि सुरु गरिसकेका छन् । पिपल्स च्वाईस अवार्डको विजेताचयन ई–सेवाबाट भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुदपत्रकार मञ्चका सदस्यहरूको मत र राष्ट्रिय खेल संघका मुख्यप्रशिक्षकको मतकाआधारमागरिनेछ । ई–सेवाबाट भोटिङ प्रक्रिया समेत सुचारु भईसकेको आयोजकले जनाएको छ ।
वर्षकाउत्कृष्ट खेलाडी पुरुष, महिला र युवातथाउत्कृष्ट प्रशिक्षकविधाको मनोनयन केहीदिनमै सार्वजनिकगरिने आयोजकले जनाएको छ ।
लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफदीइयर अवार्डको घोषणा अवार्ड कार्यक्रमकै दिनगरिने मञ्चकामहासचिवप्रज्वलओलीले बताए ।
यसपटक एक अन्तर्राष्ट्रिय खेलपत्रकारलाई पनि सम्मानगरिने मञ्चले जनाएको छ ।
अवार्डको मुख्यप्रायोजकको रुपमाहशंराजहुलास चन्द एण्ड कम्पनी रहेको छ । अवार्डलाई सह–प्रायोजनको रुपमा सूर्य नेपालप्रालि, रुस्लान, कामारु टे«डिङ प्रालि (अन्तर्राष्ट्रिय ब्राण्ड केल्मीको आधिकारिक बिक्रीवितरक केल्मी नेपाल), टर्किस एयरलाइन्स, रोयल सिंगीहोटल, होटल क्राउनप्लाजा, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद र नेपालओलम्पिक कमिटीको समेत सहयोग रहनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु