~~ लघु कथा ~~
“जमाना”
एका बिहानै मेरि एक गाउँले दिदी पुजा थाली लिएर मन्दिर निस्किईन ।संगै थिई सानी छोरी पनि चुच्चेे रातो कृसमस टोपी लाएकी, बाटैमा के याद आयो कुन्नी थाली खेतको डिलमा राखिन मोबाईल निकालिन अनि फेसबुक खोलेर “कृसमस_डे” को शुभकामना पोस्ट गरिन र हरेराम जप्दै मन्दिर लागिन ।
एका बिहानै गाउँका हजुरबुबा सुल्पामा तमाखु भर्दै नातानातिनिलाई भन्दै थिए, आज स्कुल बिदा छ ।तमाखुको सर्को तानेर फाल्दै भने आज मलाई पनि केक खान्दिन्छौ कि ?
भित्रबाट हजुर आमा हतारिंदै आईन र भनिन यी नानिहरुको लागि मैले हिजै कृसमस ड्रेस किनेर ल्याईदिएको छु, अरुको अगाडि लाएरै देखाउनु पर्छ ।मुसुमुसु हाँस्दै बुहारी आईन र भनिन, हेप्पी कृसमस सासू आमा सासू बुबा, सबैले एकाबिहानै शुभकामना आदानप्रदान गरिसके ,उता मन्दिर जाने तयारी पनि चल्दैछ ।
धर्मकर्म त आफ्नो छ्दैछ फेरि यो संस्कार हुर्कियो कसरी ?
सोच्दै थिएँ,
माथ्ला घरे साईलो कुदेर आयो रुँदै भन्यो ओई जेठा १०००/- सापटी दे न यार भुराहरुले पिरेर मार्न आँटे ,आज कृसमस_डे अरे । बिचराको दशैं मान्दैको ॠण अझै सकिएको छैन ।
आधुनिकताले गाँजेको मेरो गाउँसमाज सोच अझै ढुङ्गे युगको छ छुवाछूत प्रथा अझै छ, छाउप्रथा कायमै छ तर पनि बिकृतिले जरा गाडेको छ।सहि गलत बुझ्न सकेन वा चाहेनन त्यो अलग पाटो हो तर आधुनिकताले भित्र्याएको बिकृती मध्यको एक कृसमस_डे पनि हो ।तसर्थ जन्मजातका कृश्चियनहरुमा कृसमस_डे को शुभकामना बाँकिमा पशुपति नाथले रक्षा गरून्। हजुरहरुको आजको दिन शुभ रहोस ।
धन्यवाद ।
रामचन्द्र तिम्सिना
(आवाज)