युवा उद्यमी मञ्चद्वारा गुरुमन्त्र (तेश्रो संस्करण) सँगै नवप्रवेशी युवा उद्यमीहरुसँग उत्प्रेरणा कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ पुष ११ गते, शनिबार १९:२८

सौराहा/चितवन उद्योग संघ युवा उद्यमी मञ्चद्वारा गुरुमन्त्र (तेश्रो संस्करण) सँगै नवप्रवेशी युवा उद्यमीहरुसँग उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।
चितवन उद्योग संघ युवा उद्यमी मञ्चका अध्यक्ष अमर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन चितवन उद्योग संघ गभर्निङ काउन्सिलका अध्यक्ष सोमराज मरहट्टा प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि मरहट्टाले आफूले उद्योग क्षेत्रमा भोगेका अनुभव र संघर्षका विषयमा आफ्नो धारणा राख्नु भएको थियो । उहाँले भन्नुभयो –उद्योग क्षेत्रमा लाग्नेले मेहनतसँगै आफूले गर्ने उद्योगको बारेमा पूर्ण ज्ञान लिन जरुरी रहेको बताउनुभयो । आफूले पनि उद्योग शुरु गर्दादेखि नै समस्याहरु झेल्दै हाल पूर्ण उद्योगी भएको बताउनुभयो ।
उत्प्रेरणा कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल विशिष्ट अतिथि रहनुभएको थियो । अध्यक्ष पौडेलले नवप्रवेशी युवा उद्यमीहरुलाई नयाँ उद्योग सञ्चालन गरी सफल उद्यमी बन्नको लागि उत्प्रेरणा जगाउनु भएको थियो ।
कार्यक्रममा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, संघका कार्यसमिति सदस्य एवं कालिका इकाई समितिका अध्यक्ष प्रकाशचन्द्र भट्टराई, कार्यसमिति सदस्य गोपालप्रसाद गैरे, संघका सञ्चार अधिकृत राजु भट्ट, युवा उद्यमी मञ्चका उपाध्यक्ष सुरेन्द्र कार्की, रत्ननगर इकाई समिति युवा उद्यमी मञ्चका अध्यक्ष शिव खनाल, युवा उद्यमी मञ्चका सदस्यहरुको सहभागिता रहेको थियो ।
सौराहा बुटिक होटलमा सम्पन्न भएको कार्यक्रमलाई युवा उद्यमी मञ्चका सदस्य सुरज न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु