भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • हेर्नुस् यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ पुष २०७७, आईतवार ०९:२३

    काठमाडौं, पुस १२ । पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभरको तापक्रम घट्दो क्रममा रहेको छ । मौसममा आएको बदलिसंगै उच्च हिमाली भेगमा हिमपातसमेत सुरु भएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसममा आाईरहेको सामान्य प्रभावकै कारण तराई तथा तल्लो पहाडी भेगमा हुस्सुसमेत लाग्न थालेको छ भने उच्च पहाडी क्षेत्रमा दिनमा लुवालो र राती बरफ जम्न थालेको छ ।

    महाशाखाकाका अनुसार आईतबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। त्यस्तै, रातीसम्म प्रदेश १, बागमती र गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

    हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ ।
    पुस १३ गतेको मौसम पूर्वानुमानः दिउँसो प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती प्रदेश नं १, गण्डकी र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    पुस १४ गतेको मौसम पूर्वानुमानः दिउँसो देशका पहाडी र उच्च हिमाली भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने
    राती पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । चिसो अझै बढ्दै जाने भएकाले स्वास्थ सुरक्षा अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु