• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    चेम्बर अफ कमर्स र लर्ड बुद्ध बीच छात्रवृत्ति सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ पुष २०७७, आईतवार १९:४९

    काठमाडौं, १२ पौष -नेपाल चेम्वर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसन बीच दोश्रो नेपाल चेम्वर व्यवसायीक छात्रवृत्ति सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । चेम्बर र क्याम्पस बीच चेम्वर मार्फत शैक्षिक छात्रवृत्ती उपलब्ध गर्न फाउण्डेशनबाट बिगतमा उपलब्ध हुंदै आएकोमा सोको निरन्तरता स्वरुप उक्त सम्झौता भएको हो । सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दोश्रो पटक शैक्षिक छात्रवृत्ती उपलब्ध गराएकोमा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनलाई धन्यबाद दिदै प्राप्त छात्रवृत्ती जिल्ला चेम्वर मार्फत बिपन्न वर्गका प्रतिभाशाली बिद्यार्थीहरु छनौट गरी बितरण गरिने बताए । यसबाट बिपन्न वर्गका जेहन्दार बिद्यार्थीहरु लाभान्वित हुने बताए । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसको तर्फबाट फाउण्डेशनका अध्यक्ष पंकज जलान तथा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट चेम्वरका सामाजिक तथा खेलकुद समितिका सभापति दीपककाजी तुलाधरले समझदारी पत्रमा हस्ताक्षर गरे ।हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बरका वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु